नेपाली समय: ०९:१४:१२ राती
वि.सं २०७७ जेठ २०   मंगलवार

भारतबाट आएर कोरोना आशंकामा अस्पताल भर्ना भएका दुईको निधनः युवती वीर र युवकको पाटन अस्पतालमा

निर्माण सञ्चार, १७ चैत, ०७६, काठमाडौं । कोरोना आशंकमा उपचारका लागि वीर अस्पताल र पाटन अस्पतालमा भर्ना भएका दुई जनाको निधन भएको छ ।

यही साता भारतबाट आएकी एक युवतीको कोरोना आशंकामा उपचार क्रममा काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो भने कोरोनाकै आशंकामा लतिलपुरस्थित पाटन अस्पताल आइसीयूमा उपचाररत एक युवकको मृत्यु भएको हो । 

युवती चन्द्रागिरि नगरपालिका– १५ की स्थायी बासिन्दा रहेको अस्पताल स्रोतले बतायो । यता पाटन अस्पतालमा निधन भएका व्यक्ति धादिङ खनियाँवास घर भएका ३५ वर्षीय युवक रहेका छन् ।

वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीका अनुसार ती युवती सोमबार बिहान बेहोस अवस्थामा अस्पताल पुर्याइएको थियो ।

अस्पताल अनुसार युवती यही साता मात्रै भारतबाट नेपाल आएकी हुन् । नेपाल आउँदा ज्वरो आएको र सास फेर्न पनि गारो भएको पाएपछि परिवारले वीर अस्पतालमा भर्ना गरेको थियो । 

वीर अस्पतालले ती युवतीको नमूना परीक्षणका लागि टेकु ल्याबमा पठाएको छ । अस्पतालले युवतीमा ‘कोरोनाको आशंका’ गरेर टेकु ल्याबमा पठाएको बतायो ।

० पाटनमा मर्ने युवकबारे

धादिङका ती युवक पनि चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए । उनी तामाङ थरका युवक हुन् ।  सोमबार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले पुष्टि गरेकी छन् ।

पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले उनको मृत्यु कोरोनाकै कारण भएनभएको पुष्टि हुन बाँकी रहेको बताए । 

‘किनकि, उनमा कोरोना संक्रमण भएको आशंका मात्र गरिएको छ । नमुना परीक्षणका लागि टेकु केन्द्रीय प्रयोगशालामा पठाइएको छ । तर, रिपोर्ट आइसकेको छैन ।’

युवकमा ज्वरो अत्यधिक आएको अस्पताल स्रोत बताउँछ । 

अघिल्लो दिन मात्रै एक जनाको पोखरास्थित आइसोलेसनमा र एक युवकको बुटवलमा मृत्यु भएको छ । उनीहरु कोरोना आशंकामा उपचारका लागि सम्बन्धित अस्पतालमा भर्ना भएका थिए ।

काठमाडौं उपत्यकाका यी दुई अस्पतालमा मृत्यु हुनेहरुको लक्षण हेर्दा कोरोना आशंका गरिएको परिवारजन बताउँछ । यदि रिपोर्ट पनि पोजेटिभ आयो भने नेपालमा कोरोनाका कारण मर्नेको संख्या सात पुग्ने छ ।

० वीरमा अर्काे पनि मृत्युः भारतीय नागरिकको (थप समाचार)

वीर अस्पतालमा महिला जस्तै अर्का एक जना पुरुषको पनि मृत्यु भएको अस्पताल स्रोतले बतायो । मृत्यु हुनेमा भारतबाट केही दिन अघि नेपाल फर्किएका ५० वर्षका पुरुष रहेका छन् ।

वीर अस्पताल निर्देशक डा सेञ्चुरीले दुबैको कोरोना संक्रमण परीक्षणको अन्तिम रिपोर्ट प्रतीक्षामा छ । नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । 

स्वास्थ्य मन्त्रालय अनुसार सोमबार वीरमा दुई र पाटन अस्पतालमा एक जना युवक सहितको मृत्युको कारण अहिले नै अन्तिम रिपोर्ट आएको छैन ।

महिलामा निमोनिया समस्या देखिएको अस्पताल स्रोत बताउँछ । उनी आइतबार साँझ अस्पताल भर्ना भएकी उनको सोमबार बिहान मृत्यु भएको हो । 

भारतबाट आएकी ती पुरुषमा पनि ज्वरो आएको थियो ।

 

०००
पढौं यो पनि

कोरोना अपडेटः कोरोना आशंकामा अस्पताल भर्ना भएका सैनामैनाका एक युवकको मृत्यु !

लक डाउन ८ दिन बढ्नेः विदेशबाट आएर लुकीछिपी बसेमा कारबाही गरिने, बिना काम सडकमा हिँड्नेलाई कस्तो हुन्छ कारबाही ?

 

कोरोनाको पाँचौं रोगीले जन्माएको आशंकाः विदेशबाट आएका नेपालीको चरम लापरबाही, रोग बोक्दै गुपचुप भाग्ने कि चेकजाँच गराउन थाल्ने ?



प्रकाशित: २०७६ चैत्र १७
March 30th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार