नेपाली समय: ०४:३१:४९ अपरान्ह
वि.सं २०७९ आषाढ २२   बुधवार

कोरोनाग्रस्त अमेरिकाः ५ लाख बढीको मृत्यु, २ लाख ४० हजार मर्न सक्ने चेतावनी, भारतमा संक्रमित २ हजार पुग्दै

निर्माण सञ्चार, २० चैत, ०७६, एजेन्सी । चीनमा कोरोना भाइरस संक्रमणका लागि अमेरिकी सेना जिम्मेवार रहेको आरोप लागेको अमेरिका यतिबेला कोरोनाभाइरस नियन्त्रणमा सबैभन्दा गैर जिम्मेवार राष्ट्रका रुपमा देखिएको छ ।

आजका मितिसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार ३ जना पुगेको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार अमेरिकाको यो संख्यामा कुनै नियन्त्रण नहुने हो भने केही दिनमै यो संख्या दोब्बर हुनसक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार १ सय २ जना रहेको बताइएको छ ।

अमेरिकामा जम्मा संक्रमितमध्ये आधा बढी न्यूयोर्क सहरका रहेको सिएनएनले जनाएको छ । उक्त प्रदेशका गभर्नर एन्ड्रू कुओमोले यही अवस्था अन्य प्रदेशमा भयावह हुन सक्ने अनुमान गरेका छन् ।

न्युयोर्कमा ८३ हजार ८ सय ८९ जनालाई कोरोना भाइरस देखिएको छ । एक हजार ९ सय ४१ जनाको मृत्यु भएको छ।

अमेरिकालाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प सरकार गम्भीर नभएको आरोप लागिरहेको छ ।

यसअघि मंगलबार उप–राष्ट्रपतिले अमेरिकाको महामारीको स्वरुप इटलीजस्तै भयावह हुने सक्ने भन्दै चेतावनी दिएका थिए ।

न्युयोर्कपछि सबैभन्दा धेरै न्युजर्सीमा २२ हजार २ सय ५५ जनालाई कोरोना भाइरस फैलिएएको छ।

पछिल्लो २४ घन्टामामात्रै अमेरिकामा २६ हजार बढी नयाँ संक्रमित भेटिएका छन्।

अमेरिकामा खुले आम २ लाख ४० हजार व्यक्ति कोरोनाका कारण मृत्यु हुन सक्ने प्रक्षेपण भइरहेको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ मात्र एक लाख मानिसको मृत्यु भयो भने पनि त्यो ठूलो उपलब्धि हुने बताइरहेका छन् ।

० भारतमा कस्तो छ अवस्था ?

भारत खुला प्रजातान्त्रिक मुलुक मध्ये विश्वको ठूलो जनसंख्या भएको मुलुक मध्ये पर्दछ ।

कोरोना संक्रमित हुने ठूलो त्रासका विपरीत आजसम्म यहाँको कोरोना संक्रमितको अवस्था न्यून नै रहेको अनुमान गरिएको छ । 

तापनि बुधबार यो संख्या ह्वात्तै बढेको छ। 

बिहीबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ६५ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ। 

कोरोनाबाट यहाँ ५० जनाले ज्यान गुमाइसकेका छन्।

भारत सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै २१ दिन लामो लक डाउन घोषणा गरेको छ । तैपनि पछिल्लो समयमा संक्रमितको संख्या बढिरहेको देखिएको छ।

भारतले पनि आवश्यक उपकरण र जनशक्ति अभावमा आवश्यकता अनुसारको परीक्षण गर्न नसकेको आलोचना बढिरहेकै छ । विज्ञहरुले परीक्षणको मात्र धेरै गराएमा अझै धेरै कोरोना संक्रमित मानिस भेटिने प्रक्षेपण गरेका छन् ।

..

० स्पेनमा ९ हजार नाघ्यो, तर घट्दो क्रममा संक्रमण

त्यस्तै, युरोपमा इटाली पछि सबैभन्दा ठूलो प्रभाव रहेको स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या हालसम्म कुल ९ हजार ३ सय ८७ को मृत्यु भएको छ।

गत मंगलबार ८४९ जनाको ज्यान गएको स्पेनमा बुधबार एकैदिन ८६४ ज्यान गएपछि मृतक संख्याले नयाँ बिन्दु कायम गरेको हो।

संक्रमणबाट स्पेनमा निरन्तर आठ सय बढी मानिसहरूको ज्यान गएको यो पाँचौ दिन हो।

स्पेनमा हाल संक्रमितहरूको संख्याले १ लाख पार गरेको छ।

त्यहाँका स्वास्थ्य अधिकारीहरू मृतकको संख्या बढेको भएपनि पछिल्ला दिनमा संक्रमणदरमा स्थिरता आएको बताइएको छ ।

पछिल्ला दिनहरुमा त्यहाँ संक्रमणदर १२ प्रतिशत कायम भएको यो स्थिर अवस्था हो । 


०००

पढौं यो पनि
 

विश्वमहामारी अपडेटः कोरोनाबाट मृत्यु हुनेको संख्या नाघ्यो ४६ हजार, संक्रमित पनि ९ लाख १८ हजार, निको हुने कति ?

कोरोना अपडेटः ‘नेपालमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन’

नेपालमा कहाँ कहाँ हुन्छ कोरोनाको उपचार ? हेर्नुहोस् सातै प्रदेशको (सूचि सहित)



प्रकाशित: २०७६ चैत्र २०
April 2nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार