नेपाली समय: १०:०७:४३ राती
वि.सं २०८३ बैशाख ८   मंगलवार

थप ४ जनाले जिते कोरोनाः निको हुने पुगे १६ जना

निर्माण सञ्चार, १४ वैशाख ०७७, वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ४ जना कोरोना संक्रमितहरु निको भएका छन्।

योसँगै नेपालमा आजसम्म फेला परेका ४९ कोरोना संक्रमित मध्ये १६ जना कोरोनामुक्त भएका छन् ।

उक्त अस्पतालमा रहेका ३ जना भारतीय र एकजना नेपाली कोरोना मुक्त भएका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले दिएको जानकारी अनुसार निको भएका नेपाली (रौतहट) का नागरिकलाई आजै घर पठाउने तयारी भइरहेको छ भने ३ जना भारतीय नागरिकलाई राख्ने स्थानबारे निश्चित गरेर मात्रै डिस्चार्ज गरिने छ ।

उनीहरु गत चैत ३० गते वीरगन्जको छपकैयास्थित एक मस्जिदबाट कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । 

गएराति मात्रै भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित युवक निका भएर घर गएका थिए ।


०००

 

कोरोना संक्रमण देखियो झापामा पनिः ६२ वर्षीय बृद्धमा संक्रमण पुष्टिः नेपालमा पुग्यो ४९

कोरोनाले विश्वका २१० बढी मुलुकको अर्थतन्त्रमा पार्‍यो गम्भीर असरः नेपालबारे विश्वबैंकको प्रक्षेपण कस्तो छ ?

कोरोना पछि युवा भित्रिए भने कसरी गर्ने व्यवस्थापन ? ‘रोजगारी सिर्जनाका लागि १० अर्बको कार्यक्रम ल्याउँदै सरकार

विश्व खाद्य कार्यक्रमको चेतावनीः कोरोना पछि २५ करोड मानिस भोकमरीको शिकार बन्न सक्ने खतरा

 



प्रकाशित: २०७७ बैशाख १४
April 26th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार