कोरोना संक्रमण देखियो झापामा पनिः ६२ वर्षीय बृद्धमा संक्रमण पुष्टिः नेपालमा पुग्यो ४९
निर्माण सञ्चार, १२ वैशाख, काठमाडौं । प्रदेश नम्बर–१ कोरोना भाइरस (कोभिड १९) संक्रमण दर उच्च हुँदै गइरहेको छ । यही बीच झापामा पनि एक नयाँ संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
यो समेत गरी नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने निको भएर घर फर्कनेहरुको संख्या १० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन ।
झापामा संक्रमितका छोरा एक महिना अगाडि दुबईबाट आएका थिए । उनका ६२ बर्से बाबुमा भने कोरोना संक्रमण पुष्टि भएको हो ।
तर उनी र उनको आमाको रिपोर्ट भने नेगेटिभ आएको छ । बाबु दमको रोगी रहेको पनि पुष्टि भएको छ ।
००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ बैशाख १२
००० पढौं सम्बन्धित समाचार
प्रदेश नं–१ मा कोरोना जोखिम बढ्दैः भोजपुरमा थप अर्काे संक्रमित, पुग्यो ‘४८’
उदयपुर र जनकपुरबाट थपिए २ कोरोना संक्रमितः नेपालमा कोरोना संक्रमित पुगे ४७
सनसिटी कोरोना प्रकरणः दुबैजना संक्रमित दशै दिनमा फर्किए घर
नेपालमा कोरोनाः थपिए ३ संक्रमित, पुगे– ४५ः निको भए ७ जना
उदयपुर सबैभन्दा बढी कोरोना प्रभावित जिल्ला– २२ जना, थप ८ सहित नेपालमा संक्रमित पुगे ४२
कोरोना जित्ने चौथा बने कैलालीका ती युवकः जो भारतबाट संक्रमित भएर आएका थिए
दोस्रो कोरोना संक्रमित युवती कोरोना मुक्तः २७ दिनपछि फर्किइन घर
बागलुङकी ६५ वर्षे वृद्धा पनि कोरोना जितेर घर: कोरोना जित्ने उनी तेस्रो बनिन्
प्रकाशित: २०७७ बैशाख १२
April 24th 2020
प्रतिक्रिया दिनुहोस्