नेपाली समय: ११:३५:१० राती
वि.सं २०७७ आश्विन १४   बुधवार

पर्सामा ३९, कपिलवस्तुमा ८, रूपन्देहीमा ९, बारामा १ गरी एकै दिन थपिए ५७ कोरोना संक्रमितः संख्या पुग्यो १९१

निर्माण सञ्चार, ३० वैशाख, काठमाडौं । मंगलबार एकै दिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

अघिल्लो दिनमात्रै एकैदिन २४ जना कोरोना संक्रमित थपिएका थिए। गएका ३ दिनदेखि नेपालका यी जिल्लाहरुमा कोरोना भाइरस संक्रमण तीव्र देखिएको छ । नेपालका तराइ क्षेत्रका यी जिल्लामा कोरोना संक्रमण भारतबाट लुकिछिपी नेपाल आउनेहरुबाट भएको स्पष्ट देखिएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा ३९ जना रहेका छन् । त्यस्तै, संक्रमित हुनेहरुमा कपिलवस्तुमा ८, रूपन्देहीमा ९, बारामा १ जना रहेका छन् ।

पर्सा, कपिलवस्तु, रूपन्देही र बारामा भेटिएका संक्रमितहरुमा सबै जना पुरूष मात्र रहेका छन् ।

मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य सामान्य छ।

आजका दिनसम्म नेपालमा कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्ती भने ३३ जना उपचार गरी घर फर्किसकेका छन्। 

उपचारपछि निको भएर घर गएका ३ जनामा पुनः कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरू पनि यतिबेला उपचार गरिरहेका छन्।

 

००००

पढौं सम्बन्धित समाचार

बारामा र पर्सामा निषेधाज्ञाः जेठ ५ गते राति १२ बजेसम्म बन्द, सेना परिचालन

फेरि थपिए १३, कोरोना संक्रमित पुगे १३४ः कपिलवस्तु, रुपन्देही र बर्दियाः कोरोना संक्रमणको उच्च जोखिम तिर

भारतबाट रातिराति आउनेले सार्दैछन् नेपालमा कोरोनाः सप्तरीमा भेटिए नयाँ, १२१ पुगे संक्रमित नेपालमा

कपिलवस्तुमा थपिए एकैदिन १० कोरोना संक्रमितः संख्या १२० पुग्‍यो, नेपालमा कुन जिल्लामा कति संक्रमित ?

उदयपुरमा फेरि अर्की एक महिलामा कोरोना संक्रमण पुष्टिः संख्या पुग्यो ११०

थप ७ मा कोरोना पुष्टि भएसँगै संक्रमित पुगे १०९ः ‘सरकार, अप्रत्यासित कोरोना बढिरहेका ठाउँमा सिल र सर्च अप्रेसन गर’

नेपालगञ्जमा फेरि थपिए एक कोरोना संक्रमितः संक्रमितको संख्या पुग्यो १०२

 



प्रकाशित: २०७७ बैशाख ३०
May 12th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार