नेपाली समय: ०१:४४:४७ बिहान
वि.सं २०८१ चैत्र ३   सोमवार

फेरि थपिए १३, कोरोना संक्रमित पुगे १३४ः कपिलवस्तु, रुपन्देही र बर्दियाः कोरोना संक्रमणको उच्च जोखिम तिर

निर्माण सञ्चार, २९ वैशाख, काठमाडौं । पछिल्लो अपडेट अनुसार नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

थपिएको पछिल्ला आँकडा अनुसार ६ जना कपिलवस्तु जिल्लामा, ६ जना रुपन्देही र एक जना बर्दियामा गरी १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

संक्रमितहरू कपिलवस्तुको यशोधरा–८ र बुद्धभूमि नगरपालिका–७ निवासी १५, १९, २३, ३०,३२ र ३८ वर्षीय पुरूष रहेका छन्। 

त्यस्तै, रुपन्देही सम्मरीमाई गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका–६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरूष रहेका छन् भने बर्दिया राजापुर–५ की ११ वर्षीय बालिका छिन्।

उनीहरूको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो ।

तर, ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले भनाइ छ।

यसअघि आजै (सोमबार) ११ जना संक्रमित पुष्टि भएका थिए। १० जना संक्रमित कपिलवस्तुका थिए भने एक जना सप्तरीका थिए।

योसँगै नेपालमा संक्रमित संख्या १३४ पुगेको छ। जसमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

त्यसमा पनि ३ जनामा पुनः संक्रमण देखिएपछि अस्पतालमा उपचार भइरहेको छ।

नेपालको कोरोना संक्रमणको दर तीव्र हुनुमा भारतीय सीमाबाट अनधिकृत रुपमा प्रवेश गर्नेहरुलाई आशंका गरिएको छ ।

भारतीय सीमाबाट नेपालमा भारतीयहरु नै रातारात छिर्ने गरेको बुझिएको छ ।

 

०००

पढौं सम्बन्धित समाचार

भारतबाट रातिराति आउनेले सार्दैछन् नेपालमा कोरोनाः सप्तरीमा भेटिए नयाँ, १२१ पुगे संक्रमित नेपालमा

कपिलवस्तुमा थपिए एकैदिन १० कोरोना संक्रमितः संख्या १२० पुग्‍यो, नेपालमा कुन जिल्लामा कति संक्रमित ?

उदयपुरमा फेरि अर्की एक महिलामा कोरोना संक्रमण पुष्टिः संख्या पुग्यो ११०

थप ७ मा कोरोना पुष्टि भएसँगै संक्रमित पुगे १०९ः ‘सरकार, अप्रत्यासित कोरोना बढिरहेका ठाउँमा सिल र सर्च अप्रेसन गर’

नेपालगञ्जमा फेरि थपिए एक कोरोना संक्रमितः संक्रमितको संख्या पुग्यो १०२

 

 



प्रकाशित: २०७७ बैशाख २९
May 11th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार