नेपाली समय: ०५:४६:३० बिहान
वि.सं २०७७ कार्तिक ८   शनिवार

पूर्वाधार निर्माणमा कार्यक्रमः ठूला आयोजनालाई बजेट अभाव हुन नदिने, तर फजुल खर्च कटौती गरिने

निर्माण सञ्चार, २ जेठ, काठमाडौं । सरकारले निर्माणधीन गौरवका आयोजनाहरुलाई बजेट अभाव हुन नदिने बताएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले फजुल खर्च कटौती गरिने तर ठूला आयोजनाहरुलाई बजेट अभाव हुन नदिने बताएकी हुन् । 

कोरोना महामारीका कारण जारी लकडाउनले गर्दा स्थानीय तहमा सञ्चालित धेरै कार्यक्रमहरु यतिबेला सुस्त अवस्थामा छन् । 

तर, सरकारले भने निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने घोषणा गरेको छ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल, मेलम्ची आयोजना, भेरी बबई डाइभर्सन जस्ता करिब २ दर्जन बढी आयोजनाहरु सरकारको विगतदेखि नै  निर्माणाधीन अवस्थामा छन् । 

मुलुकको अर्थतन्त्रलाई नै रूपान्तरण गर्ने अकांक्षका यी पूर्वाधार निर्माण कार्यहरु समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिइने राष्ट्रपति भण्डारीको भनाइ छ ।

फजुल खर्च कटौती गरी पूर्वाधार विकासका लागि अधिकतम प्राथमिकता दिने सरकारी सोच रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

०००

पढौं यी पनि

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको घोषणा

वैदेशिक रोजगारी गुमाएकालाई प्राथमिकताः ‘स्टार्टअप’ युवा उद्यमीलाई सुरुवाती पुँजी दिइने

नीति तथा कार्यक्रमः शैक्षिक प्रमाणपत्रको आधारमा सुरुवाती पुँजी ‘नगदै’ दिइने

संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी (LIVE)

नीति तथा कार्यक्रमः शैक्षिक प्रमाणपत्रको आधारमा सुरुवाती पुँजी ‘नगदै’ दिइने

 

 

 



प्रकाशित: २०७७ जेठ २
May 15th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार