मृतक चालिसेको घर र माइती गाउँ सिल
निर्माण सञ्चार, ३ जेठ, काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपालमै पहिलो मृतक बन्न पुगेकी सिन्धुपाल्चोक बाह्रबिसेकी साबित्री चालिसको घरगाउँ तथा माइती गाउँ सिल गरिएको छ ।
बाह्रबिसे नगरपालिका ९ राम्चे घर भएकी मृतक चालिसेको माइती गाउँ भने बलेफी गाउँपालिका ७ र ८ वडालाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताएका हुन् ।
नेपालको कोरोना संक्रमणको पछिल्लो आँकडा अनुसार २८१ जनामा संक्रमण भएको छ भने तिनमध्ये निको भएर घर फर्कनेहरुमा ३६ जना रहेका छन् । यो आँकडा बन्नु अघिल्लो दिनसम्म नेपालमा कोरोना संक्रमणका कारण कुनै एकको पनि मृत्यु भएको थिएन ।
तर, सिन्धुपाल्चोक बाह्रबिसेकी १० दिने सुत्केरी चालिसे नै नेपालमा कोरोना भाइरस संक्रमणका कारण पहिलो मृतक बनेकी छन् ।
सिन्धुपाल्चोक जिल्ला प्रशासन अनुसार मृतक महिलाको माइती गाउँबाट आफन्तहरु भेट्न गएको हुनाले सो माइती गाउँ पनि सिल गरिएको हो ।
सिल गरिएका वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् ।
जिल्लाको कोभिड १९ विपद व्यवस्थापन केन्द्रले त्यस क्षेत्रका बासिन्दालाई घरबाहिर निस्कन भनेको छ भने सो क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको छ ।
साथै, धुलीखेल अस्पताल आउनु अघि स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ ।
उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि केन्द्रले गरेको छ ।
उनको श्रीमान र सन्तानको पनि स्वाब संकलन गरिने छ ।
०००
Read This sroty also
प्रकाशित: २०७७ जेठ ३
कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ! १० दिनकी सुत्केरी महिलामा कहाँबाट भयो संक्रमण खोजी गर !
शिक्षण अस्पतालमा सुत्केरी भएकी बाह्रबिसेकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु, कारण आउँदै
प्रकाशित: २०७७ जेठ ३
May 16th 2020
प्रतिक्रिया दिनुहोस्