नेपालमा कोरोना संक्रमित पुगे ४५७
निर्माण सञ्चार, ८ जेठ, काठमाडौं । थप नयाँ संक्रमित ३ जना थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो संक्रमित थपिनेमा बाँके र कपिलवस्तुका गरी ३ जना छन् । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये बाँके नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का ४२ वर्षीया महिला र कपिलबस्तुको सुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन् ।
०००
पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ ८
कचनाकवलमा थपिदै कोरोना संक्रमितः थपिएका ९ सहित संक्रमित संख्या ४५३
कोरोना संक्रमणबाट भयो तेस्रो मृत्यु, कोरोना जितेर आजै फर्किए ४ जना घर
कोरोना अपडेटः झापा, धरान र धनकुटामा फेला परे १७ संक्रमित, संख्या पुग्यो ४४४
प्रकाशित: २०७७ जेठ ८
May 21st 2020
प्रतिक्रिया दिनुहोस्