कोरोना संक्रमण अपडेट– ३० जनामा सङ्क्रमण पुष्टिः कुल ४८७
निर्माण सञ्चार, ९ जेठ, काठमाडौं ।
कोरोना भाइरस संक्रमणको पछिल्लो रिपोर्ट अनुसार थप नयाँ ३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार संक्रमण पुष्टि भएका जिल्लाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरु मध्ये १५ जना सर्लाहीकै मात्र छन् ।
नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिकाका ४५ वर्षीय पुरुष, चितवनको भरतपुर महानगरपालिका–६ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् ।
त्यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३ र १८ निवासी ३३ वर्षीय तथा ३५ वर्षीय पुरुष र १५ वर्षीया किशोरी रहेका छन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका ८ वर्षीया बालिकासहित ९ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी १५ जना रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमण पछि सफल उपचार भएकाहरुमा अहिलेसम्म ४९ जना रहेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार आज (शुक्रबार) नै सुशील कोइराला क्यान्सर अस्पताल बाँकेबाट २१ संक्रमित उपचार पछि डिस्चार्ज हुँदैछन् । नेपालमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म बाँके, सिन्धुपाल्चोक र गुल्मीका एक–एक जना गरी ३ जनाको मृत्यु भएको छ ।
००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ ९

नेपालमा कोरोना संक्रमित पुगे ४५७
कोरोना संक्रमणबाट भयो तेस्रो मृत्यु, कोरोना जितेर आजै फर्किए ४ जना घर
कचनाकवलमा थपिदै कोरोना संक्रमितः थपिएका ९ सहित संक्रमित संख्या ४५३
कोरोना संक्रमणबाट भयो तेस्रो मृत्यु, कोरोना जितेर आजै फर्किए ४ जना घर
कोरोना अपडेटः झापा, धरान र धनकुटामा फेला परे १७ संक्रमित, संख्या पुग्यो ४४४
प्रकाशित: २०७७ जेठ ९
May 22nd 2020
प्रतिक्रिया दिनुहोस्