नेपाली समय: ११:५७:४१ राती
वि.सं २०८३ बैशाख ८   मंगलवार

आयो रिपोर्टः वीर अस्पताल र पाटनमा मृत्यु हुने तिनै जनामा ‘कोरोना संक्रमण नभएको’ पुष्टि

निर्माण सञ्चार, १८ चैत, ०७६ काठमाडौं । भारतबाट आएपछि ज्वरोको कारण वीर अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएकी महिला कोरोना संक्रमणबाट मृत्यु नभएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणबाट उनको मृत्युमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पुष्टि भएको हो ।

  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणबाट उनीहरुको मृत्युमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पुष्टि भएको हो
वीर अस्पताल स्रोतले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणलाई उद्धृत गर्दै वीर अस्पतालमा मृत्यु भएका अर्काे पुरुष (भारतीय मूलका) मा पनि नेगेटिभ रिपोर्ट आएको बतायो । 

ती महिला भने चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया थिइन् । उनमा निमोनिया भएको पुष्टि भएको अस्पताल स्रोत बताउँछ । गत आइतबार अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो । 

कोरोना आशंका गरिए पनि परीक्षण पछि कोरोना संक्रमण नभएको पुष्टि भएको हो । 

० पाटन अस्पतालको मृत्यु पनि कोरोनाबाट होइन

साथै, गएको सोमबार पाटन अस्पतालमा मृत्यु भएका बिरामी पनि कोरोना संक्रमणबाट मृत्यु नभएको पुष्टि भएको छ ।

धादिङका ती युवकको सोमबारै मृत्यु भएको थियो । तर, कोरोना संक्रमणसम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त भएपछि उनी संक्रमणका कारण मरेका होइनन् भन्ने पुष्टि भएको अस्पताल स्रोतले बतायो ।

०००

पढौं यी पनि

भारतबाट आएर कोरोना आशंकामा अस्पताल भर्ना भएका दुईको निधनः युवती वीर र युवकको पाटन अस्पतालमा

बुटवल कोरोना अस्पतालमा मृत्यु हुने युवकबारेः आफन्त भन्छन् कोरोनाले मार्योः तर रिपोर्ट ‘नेगेटिभ’ !

कोरोना अपडेटः ‘नेपालमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन’

कोरोनाको पाँचौं रोगीले जन्माएको आशंकाः विदेशबाट आएका नेपालीको चरम लापरबाही, रोग बोक्दै गुपचुप भाग्ने कि चेकजाँच गराउन थाल्ने ?

 



प्रकाशित: २०७६ चैत्र १८
March 31st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार