नेपाली समय: ११:५६:४४ राती
वि.सं २०८३ बैशाख ८   मंगलवार

सनसिटी अपडेटः आरडिटी पोजेटिभ देखिएकी बुहारीको पिसिआर रिपोर्ट आयोः ‘नेगेटिभ’, कामदारहरुको पनि पिसिआर गर्ने तयारी

निर्माण सञ्चार, ३ वैशाख ०७७, काठमाडौं

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ मध्ये तेस्रो सदस्य अर्थात् बुहारीको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रिपोर्ट नेगेटिभ देखिएको छ ।

उक्त अपार्टमेन्टमा एक महिना अघि बेलायतबाट आएका एकै परिवारका ३ सदस्यको गत सोमबार गरिएको र्‍यापिड टेस्टको नतिजा भने एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि तत्कालै उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।

उनीहरुमध्ये मंगलबारको पिसिआर परीक्षणमा ८१ वर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पाइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ५२ वर्षकी बुहारीको पछिल्लो रिपोर्ट नेगेटिभ पुष्टि भएको हो । तर, उनको पुनः परीक्षण गरिएको थियो ।

जनस्वास्थ्य विदहरुले उनीमाथि एउटा अनुमान गरेका छन् । र्‍यापिड टेस्टमा उनको रिपोर्ट पोजेटिभ आएको अवस्थामा उनलाई यसअघि नै कोरोना संक्रमण भएको तर अहिले निको भइसकेको हुनसक्ने अनुमान गरेका छन् ।

सनसिटीको उक्त ब्लकमा बुधबार गरिएको  र्‍यापिड टेस्टमा भने सबैको नतिजा नेगेटिभ देखिएको छ । बुधबारको परीक्षणमा २९८ जना समावेश थिए । 

यता संक्रमित परिवारमा काम गर्नेहरुको पनि र्‍यापिड टेस्टमा नेगेटिभ नतिजा आएको छ । तर, मन्त्रालयले भने ती कामदारहरुको पनि पिसिआर विधिबाट परीक्षण गर्ने तयारी भइरहेको छ ।

 

०००

 

पढौं यो पनि

 

सनसिटी अपडेटः र्‍यापिड टेस्टमा ‘ब्लक ए’ मा बस्ने सबैको रिपोर्ट ‘नेगेटिभ’, पिसिआर टेस्टमा कस्तो होला रिपोर्ट ?

सनसिटीमा बस्दै आएका २ मा कोरोना संक्रमण पुष्टिः पाटन अस्पताल भन्छ, ‘एक जनाको रिपोर्ट आउँदै छ’

विश्वका आधा बढी मानिस घरभित्रै थुन्ने कोरोनाः स्वाइनफ्लुभन्दा १० गुणा बढी खतरनाक, खोपबिना रोक्न सकिदैनः डब्लुएचओ

चीनले तयार पार्यो कोरोनाको भ्याक्सिनः दुई खोप मानिसमाथि परीक्षण गर्न अनुमति

 

 



प्रकाशित: २०७७ बैशाख ३
April 15th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार