नेपाली समय: ०१:१०:१९ बिहान
वि.सं २०८१ चैत्र ३   सोमवार

कोरोनाबाट विदेशमा ज्यान जाने नेपालीको संख्या २८, हजार बढी संक्रमित, एनआरएनले राहत वितरण गर्दै

निर्माण सञ्चार, ७ वैशाख ०७७, काठमाडौं । विश्वमहामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणकै कारण शनिबार रातिसम्म विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २८ पुगेको छ ।

यसरी मृत्यु हुनेमा गैरआवासीय नेपाली (एनआरएनए) रहेको एनआरएनए अन्तर्राष्ट्रिय नेपालीहरुले जनाएका छन् ।

एनआरएनए अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकले विदेशमा कोरोनाका कारण मर्ने नेपालीहरुबारे जानकारी दिएको हो । 

जसअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा २ र आयरल्याण्डमा एक जनाको निधन भएको हो ।

आजका दिनसम्म विदेशका विभिन्न स्थानमा रहेका नेपालीहरुको अवस्था पनि एनआरएनएले जानकारी दिएको छ । 

स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव सापकोटाले यसबारे जानकारी दिए अनुसार आजका दिनसम्म विश्वका विभिन्न देशमा १ हजार १ सय ६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् । 

यतिबेला २१ देशमा रहेका नेपाली कोभिड –१९ बाट संक्रमित छन् ।

पछिल्ला दिनमा नेपालमा गरिएको कोरोना संक्रमण परीक्षण अनुसार ३१ जना कोरोना प्रभावित रहेका छन् । १९ हजार ५५४ जनामा परीक्षण गरिएको छ । 

आइतबारसम्म गरी नेपालमा ४ जना कोरोना माथि जित हासिल गर्न सफल भएका छन् र घर फर्किसकेको अवस्था छ ।

विदेशमा रही संक्रमित हुने नेपालीमा अमेरिकामा करिब ७ सय, बेलायतमा २ सय, संयुक्त युएईमा ७१, आयरल्याण्ड–२२ र पोर्तुगलमा २२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा ५, जर्मनी, बेल्जियम र साउदी अरबमा ४–४, क्यानडा र मलेसियामा ३–३, माल्टामा २ तथा फ्रान्स, जापान, म्यान्मा र हङकङमा १–१ जना रहेका छन् ।

विदेशमा कोरोना प्रभावित नेपालीका लागि राहत वितरण 

एनआरएनका अध्यक्ष पन्तले दुई दिन अघिसम्म गरी विदेशमा रहेका दुई दर्जनभन्दा बढी देशमा बसोबास गर्दै आएका र समस्यामा परेका करिब १० हजार कोरोना पीडितका लागि राहत वितरण गरिएको छ ।


०००

पढौं यो पनि 

कोरोना जित्ने चौथा बने कैलालीका ती युवकः जो भारतबाट संक्रमित भएर आएका थिए

दोस्रो कोरोना संक्रमित युवती कोरोना मुक्तः २७ दिनपछि फर्किइन घर 

बागलुङकी ६५ वर्षे वृद्धा पनि कोरोना जितेर घर: कोरोना जित्ने उनी तेस्रो बनिन्

 

 



प्रकाशित: २०७७ बैशाख ७
April 19th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार