नेपाली समय: ११:५९:०३ राती
वि.सं २०८३ बैशाख ८   मंगलवार

भारतबाट रातिराति आउनेले सार्दैछन् नेपालमा कोरोनाः सप्तरीमा भेटिए नयाँ, १२१ पुगे संक्रमित नेपालमा

निर्माण सञ्चार, २९ वैशाख, काठमाडौं । पछिल्ला दिनमा नेपालमा भारत नजिकका जिल्लाहरुमा कोरोना संक्रमितहरु अप्रत्यासित रुपमा बढिरहेक छन् । 

स्थानीयहरुका अनुसार भारतबाट रातिराति नेपाल छिरेका भारतीयहरुबाटै वीरगन्ज, पर्सा, कपिलवस्ता जस्ता ठाउँमा कोरोना संक्रमण फैलिरहेको छ ।

कपिलवस्तुका एक शिक्षकले भारतीय सीमाबाट केही दिन अघि रातिराति नेपाल छिरेका भारतीयबारे प्रहरीलाई जानकारी दिएको तर सुनुवाइ नभएको समेत गुनासो गरेका छन् । 

उनका अनुसार भारतबाट आएकाहरु कुन ठाउँमा बसे र कसरी कोरोना फैलियो भन्नेबारे अनुसन्धान हुन जरुरी छ भने भारतीय नाकाहरु रातमा पनि सिल गर्न आवश्यक छ । 

सप्तरीमा थपिए नयाँ संक्रमित
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । यस अघि सोमबार एकैदिन कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण पुष्टि भएको हो ।

संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयको दाबी छ । 

 

०००

पढौं सम्बन्धित समाचार

कपिलवस्तुमा थपिए एकैदिन १० कोरोना संक्रमितः संख्या १२० पुग्‍यो, नेपालमा कुन जिल्लामा कति संक्रमित ?

उदयपुरमा फेरि अर्की एक महिलामा कोरोना संक्रमण पुष्टिः संख्या पुग्यो ११०

थप ७ मा कोरोना पुष्टि भएसँगै संक्रमित पुगे १०९ः ‘सरकार, अप्रत्यासित कोरोना बढिरहेका ठाउँमा सिल र सर्च अप्रेसन गर’

नेपालगञ्जमा फेरि थपिए एक कोरोना संक्रमितः संक्रमितको संख्या पुग्यो १०२

OOO

 

 

 



प्रकाशित: २०७७ बैशाख २९
May 11th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार