नेपाली समय: ११:५९:३९ राती
वि.सं २०८३ बैशाख ८   मंगलवार

कपिलवस्तुमा थपिए एकैदिन १० कोरोना संक्रमितः संख्या १२० पुग्‍यो, नेपालमा कुन जिल्लामा कति संक्रमित ?

निर्माण सञ्चार, २९ वैशाख, काठमाडौं । पछिल्लो आँकडा अनुसार नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरु १२० पुगेका छन् । 

कपिलवस्तु जिल्लाका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए अनुसार कपिलवस्तुमा सोमबार थप १० जना नयाँ संक्रमित थपिएसँगै १२० जना पुगेका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणले थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कुन उमेर समूहका संक्रमित ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार संक्रमित मध्ये कपिलवस्तुको यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ जना रहेका छन् । जसमा क्रमशः १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुषहरु रहेका छन् भने तिनमा एकको उमेर खुलेका छैन । उमेर नखुलेका पुरुष सहित १० जनामा संक्रमण पुष्टि भएको छ ।

  • नेपालमा संक्रमितको आँकडा हेर्दा हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २–२ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार भोजपुर, सर्लाही, रुपन्देही र कञ्चनपुरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ
यसरी, कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ । तर, संक्रमित सबैको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित ?

नेपालमा संक्रमितको आँकडा हेर्दा हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २–२ जनामा कोरोना संक्रमण देखिएको छ । 

मन्त्रालयले दिएको जानकारी अनुसार भोजपुर, सर्लाही, रुपन्देही र कञ्चनपुरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएर घर फर्केका छन्  ।

नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका २ जनामा पुनः गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पताल भर्ना भएका छन् ।

त्यस्तै, काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनी उपचारकै लागि फेरि अस्पताल भर्ना भएका छन् ।

 

०००

पढौं सम्बन्धित समाचार

उदयपुरमा फेरि अर्की एक महिलामा कोरोना संक्रमण पुष्टिः संख्या पुग्यो ११०

थप ७ मा कोरोना पुष्टि भएसँगै संक्रमित पुगे १०९ः ‘सरकार, अप्रत्यासित कोरोना बढिरहेका ठाउँमा सिल र सर्च अप्रेसन गर’

नेपालगञ्जमा फेरि थपिए एक कोरोना संक्रमितः संक्रमितको संख्या पुग्यो १०२

कपिलवस्तुमा पहिलो पटक भेटिए २ कोरोना संक्रमितः पुगे १०१

वीरगन्ज कोरोना संक्रमणको भयावह केन्द्रः २ महिने शिशुसहित एकै परिवारका १७ जना संक्रमितः पुगे ९९

लम्बियो लकडाउन ५ जेठसम्मः बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्ने मन्त्रिपरिषदको निर्णय

 



प्रकाशित: २०७७ बैशाख २९
May 11th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार