नेपालगञ्जमा फेरि थपिए एक कोरोना संक्रमितः संक्रमितको संख्या पुग्यो १०२
निर्माण सञ्चार, २६ वैशाख, काठमाडौं । पछिल्लो पटक नेपालगञ्जमा फेरि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१६ वर्षका किशोरमाथि गरिएको कोरोना संक्रमण परीक्षणमा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् ।
उनको परीक्षण भेरी अस्पताल नेपालगञ्जमा भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा संक्रमणको अवस्था आँकडा– अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला रहेका छन् ।
आजका दिनमा उपचार गराइरहेकाहरुको जानकारी दिदै मन्त्रालयले रुपन्देहीमा ३ जना, नेपालगञ्जमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २६ जना र विराटनगरमा १७ जना रहेको बताएको छ । उनीहरुको कोरोना संक्रमणको उपचार भइरहेको छ । प्रवक्ता देवकोटाले कोरोना संक्रमणको प्रादेशिक विवरण उपलब्ध गराउँदै भने, प्रदेशअनुसार हेर्ने हो भने एक नम्बर प्रदेशमा ३१ जना, २ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, ५ नम्बर प्रदेशमा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । आजसम्म गरी नेपालमा संक्रमितहरु ३० जना निको भएर घर फर्किएका छन् भने ३ जना पुन कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएको पनि मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म १५,४९२ माथि कोरोना संक्रमण परीक्षण गरिएको छ ।
००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ बैशाख २६

कपिलवस्तुमा पहिलो पटक भेटिए २ कोरोना संक्रमितः पुगे १०१
वीरगन्ज कोरोना संक्रमणको भयावह केन्द्रः २ महिने शिशुसहित एकै परिवारका १७ जना संक्रमितः पुगे ९९
लम्बियो लकडाउन ५ जेठसम्मः बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्ने मन्त्रिपरिषदको निर्णय
नेपालगञ्जमा थप ७ जनामा पुष्टि भयो कोरोना संक्रमणः नेपालमा पुग्यो ८२
सोमबारदेखि २५ गतेसम्म नेपालगञ्जमा कर्फ्यू !
कर्णाली सरकारको निर्णयः रातको १२ बजेदेखि सबै नाका सिल, ग्रुप आइसोलेसन गर्दै आयोजना निर्माण पनि गराउने
प्रकाशित: २०७७ बैशाख २६
May 8th 2020
प्रतिक्रिया दिनुहोस्