थप ७ मा कोरोना पुष्टि भएसँगै संक्रमित पुगे १०९ः ‘सरकार, अप्रत्यासित कोरोना बढिरहेका ठाउँमा सिल र सर्च अप्रेसन गर’
निर्माण सञ्चार, निर्माण सञ्चार, २७ वैशाख, समाचार टिप्पणी। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । थपिएका नयाँ संक्रमित पनि पुरानै उद्गमथलोका छन् । उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा थप एक जना नयाँ संक्रमित फेला परेका हुन् ।
नयाँ संक्रमित उदपयपुरको भुल्के बस्ने १८, ४५ र ६५ वर्षका महिलाहरु रहेका छन् भने कपिलवस्तुमा १७ र १८ वर्षका युवकहरु रहेका छन् । त्यस्तै, पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो संक्रमण सहित नेपालमा संक्रमित को संख्या १०९ पुगेको छ भने निको भएर घर फर्केकाहरु २७ जना रहेका छन् । सौभाग्यको कुरा के हो भने नेपालमा आहिलेसम्म पनि कोरोना संक्रमणबाट कुनै पनि व्यक्ति मरेको चाहिँ छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले दिएको जानकारी अनुसार उक्त व्यक्तिहरुको नमूना परीक्षण शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको थियो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । तर, वीरगन्जको आइसोलेसनमा राखिएका भनिएका १९ जना भारतीय नागरिक दुई दिन अघि अकास्मात हराएका छन् । यिनीहरुलाई सरकराले सर्च अपरेसन गरी कडा अनुशासनमा राख्नु पर्ने देखिन्छ । उता, भारत नेपाल नाकामा रातमा पनि कडा निगरानी गर्नु पर्ने देखिएको छ । भारतबाट प्रेरित व्यक्तिहरु पनि नेपाल आइरहेको भन्ने पछिल्ला समाचारले नेपालमाथि कोरोना प्रभावितको महामारी बढाउन कुनै पक्ष पनि उद्धत छ कि भन्ने शंका बढ्दै गइरहेको छ । किनकि, सिमानामा सुरक्षाका लागि खटिएका नेपाली सशस्त्र प्रहरीहरुमाथि पटक पटक ढुंगामुढा हानिनु, नेपाल छिर्न जबरजस्ती गर्नु, राति राति पनि नेपाल छिर्नु जस्ता घटना यो महामारीमा सामान्य हैनन् । यसतर्फ स्थानीय नेपालीहरुको समेत उच्च सतर्कता आवश्यक छ भने सरकराले अझै प्रभावकारी कदम लिनु पर्ने देखिन्छ । OOO पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ बैशाख २७
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । थपिएका नयाँ संक्रमित पनि पुरानै उद्गमथलोका छन् । उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा थप एक जना नयाँ संक्रमित फेला परेका हुन् ।
सरकार, ती स्थानमा रातमा पनि चनाखो होऊ
नेपालमा कोरोना संक्रमितको संख्यामा अप्रत्यासित वृद्धि हुनुले थप आशंका बलियो बनेको छ । नेपाल भारत सिमानामा थप कडाइ गर्दागर्दै पनि तत्तत् स्थानमा कोरोना संक्रमितको संख्यामा आकस्मिक रुपमा भएको संक्रमित वृद्धिले आशंकालाई बलियो बनाएको हो ? आखिर कोरोना संक्रमित कहाँबाट र कसको सम्पर्कले नेपालमा आइरहेका छन् ? किनकि, कोरोना नेपालमा जन्मेको होइन, र सिल गरिएको उदयपुर भुल्के जस्ता ठाउँमा पुनरपि पुनः संक्रमितको संख्या वृद्धिले अनुसन्धान सहित गरिएको कडाइमाथि पनि प्रश्न उठाएको छ । यस्तो अवस्थामा सरकार, कडाइका लागि कडाइ नभई विशेष सर्च अपरेसन र उच्च सतर्कता सहित रातिको सुरक्षा व्यवस्था समेत प्रभावकारी बनाउनु पर्ने देखिएको छ ।नयाँ संक्रमित उदपयपुरको भुल्के बस्ने १८, ४५ र ६५ वर्षका महिलाहरु रहेका छन् भने कपिलवस्तुमा १७ र १८ वर्षका युवकहरु रहेका छन् । त्यस्तै, पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो संक्रमण सहित नेपालमा संक्रमित को संख्या १०९ पुगेको छ भने निको भएर घर फर्केकाहरु २७ जना रहेका छन् । सौभाग्यको कुरा के हो भने नेपालमा आहिलेसम्म पनि कोरोना संक्रमणबाट कुनै पनि व्यक्ति मरेको चाहिँ छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले दिएको जानकारी अनुसार उक्त व्यक्तिहरुको नमूना परीक्षण शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको थियो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । तर, वीरगन्जको आइसोलेसनमा राखिएका भनिएका १९ जना भारतीय नागरिक दुई दिन अघि अकास्मात हराएका छन् । यिनीहरुलाई सरकराले सर्च अपरेसन गरी कडा अनुशासनमा राख्नु पर्ने देखिन्छ । उता, भारत नेपाल नाकामा रातमा पनि कडा निगरानी गर्नु पर्ने देखिएको छ । भारतबाट प्रेरित व्यक्तिहरु पनि नेपाल आइरहेको भन्ने पछिल्ला समाचारले नेपालमाथि कोरोना प्रभावितको महामारी बढाउन कुनै पक्ष पनि उद्धत छ कि भन्ने शंका बढ्दै गइरहेको छ । किनकि, सिमानामा सुरक्षाका लागि खटिएका नेपाली सशस्त्र प्रहरीहरुमाथि पटक पटक ढुंगामुढा हानिनु, नेपाल छिर्न जबरजस्ती गर्नु, राति राति पनि नेपाल छिर्नु जस्ता घटना यो महामारीमा सामान्य हैनन् । यसतर्फ स्थानीय नेपालीहरुको समेत उच्च सतर्कता आवश्यक छ भने सरकराले अझै प्रभावकारी कदम लिनु पर्ने देखिन्छ । OOO पढौं सम्बन्धित समाचार
नेपालगञ्जमा फेरि थपिए एक कोरोना संक्रमितः संक्रमितको संख्या पुग्यो १०२
कपिलवस्तुमा पहिलो पटक भेटिए २ कोरोना संक्रमितः पुगे १०१
वीरगन्ज कोरोना संक्रमणको भयावह केन्द्रः २ महिने शिशुसहित एकै परिवारका १७ जना संक्रमितः पुगे ९९
लम्बियो लकडाउन ५ जेठसम्मः बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्ने मन्त्रिपरिषदको निर्णय
नेपालगञ्जमा थप ७ जनामा पुष्टि भयो कोरोना संक्रमणः नेपालमा पुग्यो ८२
सोमबारदेखि २५ गतेसम्म नेपालगञ्जमा कर्फ्यू !
कर्णाली सरकारको निर्णयः रातको १२ बजेदेखि सबै नाका सिल, ग्रुप आइसोलेसन गर्दै आयोजना निर्माण पनि गराउने
प्रकाशित: २०७७ बैशाख २७
May 9th 2020
प्रतिक्रिया दिनुहोस्