नेपाली समय: १२:०१:४५ am
वि.सं २०८३ बैशाख ९   बुधवार

उदयपुरमा फेरि अर्की एक महिलामा कोरोना संक्रमण पुष्टिः संख्या पुग्यो ११०

निर्माण सञ्चार, २७ वैशाख, काठमाडौं । आजै बिहान मात्र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको उदयपुरको भुल्केमा थप एकजना महिलामै कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित प्रयोगशालामा गरिएको परीक्षणबाट ती महिलामा कोरोना पोजेटिभ रहेको पुष्टि भएको हो।

योसँगै उदयपुरमा एकैदिन ४ महिलामा कोरोनाको संक्रमण देखिएको छ। नयाँ संक्रमित महिलालाई पनि भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

यो आँकडासँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ।

 

०००

पढौं सम्बन्धित समाचार

थप ७ मा कोरोना पुष्टि भएसँगै संक्रमित पुगे १०९ः ‘सरकार, अप्रत्यासित कोरोना बढिरहेका ठाउँमा सिल र सर्च अप्रेसन गर’

नेपालगञ्जमा फेरि थपिए एक कोरोना संक्रमितः संक्रमितको संख्या पुग्यो १०२

कपिलवस्तुमा पहिलो पटक भेटिए २ कोरोना संक्रमितः पुगे १०१

वीरगन्ज कोरोना संक्रमणको भयावह केन्द्रः २ महिने शिशुसहित एकै परिवारका १७ जना संक्रमितः पुगे ९९

लम्बियो लकडाउन ५ जेठसम्मः बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्ने मन्त्रिपरिषदको निर्णय

 

 



प्रकाशित: २०७७ बैशाख २७
May 9th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार