लिपुलेकबारे कडा कदम चाल्दैः भारतीय राजदूतलाई नै बोलाएर सोध्यो परराष्ट्रले, दियो यस्तो ‘शक्तिशाली’ ‘डिमार्स’
निर्माण सञ्चार, २९ वैशाख, काठमाडौं । सम्भवतः सरकारहरुकै इतिहासमा (बहुदलीय व्यवस्थाबाट यता) पहिलो पटक सरकारले आफ्नो भूमिमिचिए प्रति सम्बन्धित देशको राजदूतलाई बोलाएर ‘शक्तिशाली’ सन्देश दिएको छ ।
भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएर सोबारे परराष्ट्र मन्त्रालयले आफ्नो धारणा राखेको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफ्नै कार्यकक्षमा बोलाएर सोमबार बिहान साढे ११ बजे भारतीय राजदूत विनयमोहन क्वात्रा नेपालका तर्फबाट यस्तो ‘डिमार्स’ दिएको हो।
कूटनीतिक क्षेत्रमा यस्तो ‘डिमार्स’ को अर्थ हुन्छ कुनै पनि विषयबारे कुनै एउटा देशको सरकारले अर्को देशसँग राख्ने औपचारिक धारणा र त्यसको सन्देशमूलक जानकारी हो ।
परराष्ट्र स्रोत अनुसार शनिबार नेपालमा बिदा परेको र आइतबार भारतमा बिदा पर्ने भएकाले राजदूत क्वात्रालाई सोमबार मन्त्रालयमा निमन्त्रण गरिएको हो ।
राजदूत क्वात्रासँग परराष्ट्र मन्त्री ज्ञवालीले आफैंले मन्त्रालयमा भेट दिएका थिए र नेपालको भूमिमाथि भारतीय पक्षले बिना जानकारी, अनधिकृत रुपमा जमिन प्रयोग गरिएको कुरा गरेका थिए।
भारत सरकारले गत शुक्रबार मात्रै चीनमा रहेको मानसरोबर जोड्न नेपाली भूमि लिपुलेक हुँदै खनेको सडकको उद्घाटन गरेको थियो।
जुन कदमको नेपाल भित्र घोर विरोध भइरहेको छ ।
परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गर्दै भारतको उक्त कदमले ‘दुखित’ तुल्याएको र ‘प्रधानमन्त्री स्तरीय पूर्व सहमति विरुद्ध भारत चलेको’ भनेको थियो । सीमा समस्याको हल गर्न वार्ता नै उपयुक्त माध्यम रहेको र नेपाल चाँडै नै सो वार्ता गर्ने पक्षमा रहेको पनि परराष्ट्रले स्पष्ट रुपमा भनिसकेको छ । भारत पक्षबाट कोरोना पछि सीमा सुरक्षाबारे बस्ने सन्देश आए लगत्तै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल कोरोना पछि भनेर नपर्खने र चाँडै वार्ताका लागि तयार रहन आग्रह गरेका थिए । मन्त्रालयमा भारतीय राजदूतसँग भएको छलफलको सन्देश भारत सरकार समक्ष राखिदिने राजदूत क्वात्रले बताएका थिए । आफूहरु वार्ताबाटै समस्या समाधानको पक्षमा रहेको भारत सरकारको सन्देश पनि उनले सुनाएको स्रोत बताउँछ । सामाजिक सञ्जालमार्फत् सरकारको यस कदमले नेपालको आफ्नो हैसियत देखाएको भन्दै नेपालीहरुले खुुसी व्यक्त गरिरहेका छन् । तर, सीमा सम्बन्धी पुराना सबै विवाद अब सदाका लागि हल गर्न नेपालीहरुले सरकारलाई सुझाइ रहेका छन् । सरकारले यस अघि पनि नेपाली भूमि लिपुलेकबारे भारत सरकारलाई कूटनीतिक नोट दिएको थियो । नेपालले दिएको सन्देश लत्याउँदै भारतले एकलौटी रुपमा नेपाली भूमि प्रयोग गरेको भन्दै भारत सरकारले आफू सच्चिनु पर्ने नेपालको स्पष्ट सन्देश दिएको परराष्ट्र स्रोतले बतायो । ००० पढौं यी पनि
प्रकाशित: २०७७ बैशाख २९

भूमि मिचिएप्रति परराष्ट्रको कडा सन्देशः दार्चुलाको छाङरुमा केही दिनमै सशस्त्रको बटालियन राख्दै सरकार
सीमा सुरक्षामा इतिहासकै धेरै सुरक्षाकर्मी परिचालितः अब भिआइपी सुरक्षाबाट सीमा सुरक्षामा सशस्त्र प्रहरी थप्दै सरकार
सुगौली सन्धि विपरीत नेपाली भूमि मिचेर भारतले खोल्यो मानसरोवरमा बाटो, चौतर्फी विरोध
लिपुलेक प्रकरणः ‘सरकार ढाल्न’ प्रयोग भएको अर्को हतियार !
प्रकाशित: २०७७ बैशाख २९
May 11th 2020
प्रतिक्रिया दिनुहोस्