नेपाली समय: ०१:१७:४९ बिहान
वि.सं २०७७ आश्विन १५   बिहीवार

कोरोना ‘हाइअलर्ट’ ! काठमाडौं र भक्तपुरमा फेरि थपिए नयाँ संक्रमितः मंगलबार मात्रै ८३ मा कोरोना, पुगे २१७

निर्माण सञ्चार, ३१ वैशाख, काठमाडौं । नेपाल कोरोना संक्रमणको खतरनाक अवस्थामा प्रवेश गरेको देखिन्छ । यो संख्या एकै दिनमा ८३ जनामा देखिएको पहिलो पल्ट हो । सबैभन्दा बढी पर्सा जिल्लामा मंगलबार बेलुकीसम्म थप १८ जना संक्रमित पुष्टि भएका छन् ।

काठमाडौं र भक्तपुरमा फेरि थप नयाँ ३ जनामा कोरोना संक्रमण देखिएको छ भने यो सहित थप नयाँ २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा हिजो मंगलबार एकैदिनमा ८३ जना कोरोना संक्रमित भेटिएका छन् ।

मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयले यसबारे पुष्टि गरेको हो । भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको छ भने काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ देखिएको छ ।

थप पुष्टि भएकामा पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । तिनमा २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला रहेका छन् भने १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमित देखिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भायवह अवस्थामा पुग्दै छ भन्ने घन्टी हानेको छ ।  वीरगन्जमा दुई पत्रकारमा र कपिलवस्तुमा एक स्वास्थ्यकर्मी नर्समै कोरोना संक्रमण देखिएको थियो । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

यसैबीच सरकारले हरेक जिल्लामा एकबाट अर्काेमा जान समेत कडाइ गरेको छ । अब उपलब्ध गराउँदै आएको पास समेत रद्द गरिसकेको छ ।

कस्तो छ संक्रमितको हालसम्मका जिल्लागत आँकडा ?

पहिलो पटक भक्तपुरमा देखिएको कोरोना संक्रमित सुनसरीबाट आएकी थिइन् भन्ने पुष्टि भएसँगै उपत्यका फेरि कोरोना संक्रमणको उच्च जोखिमभित्र परिसकेको छ  ।

नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको छ । जसमा पर्सा ८२ जनामा कोरोना संक्रमितहरु पुगेका छन् भने उदयपुरमा ३०, मोरङमा २, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ४, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

हालसम्म कोरोना उपचार पछि घर फर्किएका ४३ जना पुगेका छन् ।

०००

 

०००

पढौं सम्बन्धित समाचार

बारा र पर्सामा निषेधाज्ञाः जेठ ५ गते राति १२ बजेसम्म बन्द, सेना परिचालन

पर्सामा ३९, कपिलवस्तुमा ८, रूपन्देहीमा ९, बारामा १ गरी एकै दिन थपिए ५७ कोरोना संक्रमितः संख्या पुग्यो १९१

फेरि थपिए १३, कोरोना संक्रमित पुगे १३४ः कपिलवस्तु, रुपन्देही र बर्दियाः कोरोना संक्रमणको उच्च जोखिम तिर

जुम्लामा गाउँगाउँ पुगेर एकैदिन ८४९ को स्वाब संकलन, सिक्ने कि अरु प्रदेशले पनि !



प्रकाशित: २०७७ बैशाख ३१
May 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार