नेपाली समय: ०९:१२:१० बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

काठमाडौं–तराई द्रुतमार्गका लागि ८ अर्ब ९३ करोड

निर्माण सञ्चार, १५ जेठ, काठमाडौं । सरकारले आउने आउने वर्षका लागि काठमाडौं–तराई द्रुतमार्गका लागि बजेट विनियोजन गरेको छ । 

आर्थिक वर्ष ०७७–७८ का लागि बिहीबार संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि ८ अर्ब ९३ करोड बजेट विनियोजन गरेको बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले सो फास्ट ट्र्याक ३ वर्षभित्र निर्माण सक्ने गरी ८ अर्ब ९३ करोड बजेट छुट्याएको बताए ।

हाल यो सडक नेपाली सेनामार्फत निर्माण भइरहेको छ । नेपाली सेनाले पनि कोरोनाका बाबजुद तोकिएकै समयभित्र सडक निर्माण सम्पन्न गर्ने बताएको छ ।

सरकारले गत भदौ पहिलो साता मन्त्रिपरिषद्बाट स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ले द्रुतमार्गको कुल लम्बाई ७२.५ किलोमिटर हुने उल्लेख छ ।

उक्त मार्गमा ३ वटा सुरुङमार्ग बन्ने छन् । ती सुरुङ मार्गहरु क्रमशः महादेवडाँडामा ३.३५५ किमी, धेद्रेमा १.६३० किमी र लेनडाँडामा १.४३० किमी गरी ६.४१५ किमी लामो हुने छन् । 

काठमाडौंसम्म आउन लगभग १ घण्टा लाग्ने यो राजमार्ग चार लेनको बन्ने छ । तराईको निजगढबाट काठमाडौंसम्मको यो सडक नेपालकै पहिलो अन्तर्राष्ट्रिय गतिलो सडक बन्ने छ ।

यो फास्ट ट्रयाकको सेनाले जिम्मेवारी लिन अघि भारतीय कम्पनी आइएलएफएसले डिपिआर पेस गरेको थियो । सो डिपिआर अनुसार १ खर्ब १२ अर्ब रुपियाँ लाग्ने अनुमान थियो ।

कोरियन कम्पनी सुसुङ इञ्जिनियरिङ एण्ड कन्सल्टिङलाई डिपिआर तयार गर्ने जिम्मेवारी दिइयो, जसमा फास्ट ट्रयाकको खर्च १ खर्ब १८ अर्ब पुग्ने आँकलन थियो । 

आज आएर उक्त सडकका लागि नयाँ डिपिआरले भने कूल लागत मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब लाग्ने उल्लेख छ ।

यस सडकको चौडाइ पहाडी क्षेत्रमा २५ मिटर छ भने तराईमा २७ मिटर हुनेछ । 

सुरुङमार्गमा ८७ वटा पुल रहने छन् । प्यासेन्जर अन्डर पास १२, आभेरपास एउटा तथा सवारी अन्डरपास ५ र ओभरपास ४ वटा हुनेछन् ।

यो सडकलाई ४ वर्षभित्र निर्माण सक्ने गरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत २१ वैशाख २०७४ मा नेपाली सेनाले दिएको हो । 

त्यसपछि २७ साउनमा मात्र पुगेर सेनाले औपचारिक रुपमा सो सडक निर्माणको जिम्मा पाएको थियो ।

सम्झौता अनुसार आउने २७ साउन ०७८ भित्र फास्ट ट्रयाक निर्माण सकिनु पर्ने उल्लेख छ । कोरोना आदि प्रकोपका कारण तोकिएको समयभित्र सडक निर्माण सम्पन्न हुनेमा आशंका छ । 

तैपनि सेना तोकिएकै समयमा फास्ट ट्र्याक बन्ने दाबी गरिरहेको छ । 


०००

रेल–वेका लागि ८ अर्ब ६६ करोड बजेटः सुरुङ मार्गका लागि ६ अर्ब ४२ करोड, सडक मर्मतका लागि कति ?

कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेटः स्वास्थ्य बजेटमा १२ अर्ब बढी (LIVE)

पूर्वपश्चिम राजमार्ग ४ लेनको बनाइनेः बजेट १२ अर्ब २१ करोड

लकडाउनले फास्ट ट्र्रयाक निर्माण प्रभावितः निर्माण कार्य दोस्रो चरणमा पुगेको आयोजनाको दाबी

कोरोनाले कहाँ पुर्‍याउँदै छ नेपालको अर्थतन्त्र? चालू आवको आर्थिक वृद्धिदर कतिमा खुम्चिने भो ? कस्ता छन् बाँकी आर्थिक सूचक ?

 

 



प्रकाशित: २०७७ जेठ १५
May 28th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार