नेपाली समय: ०९:१०:०७ राती
वि.सं २०८३ बैशाख ८   मंगलवार

२४ घण्टाभित्र १६६ मा कोरोना संक्रमण पुष्टिः कूल संक्रमित पुगे १,५६७

निर्माण सञ्चार, १८ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड१९) संक्रमणको पछिल्लो अपडेट अनुसार यो २४ घण्टामा आइतबार मात्रै थप १६६ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् ।

योसँगै नेपालमा कोरोना भइरस संक्रमितको कुल संख्या १, ५६७ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमति जानकारी शृंखलामा यसबारे बताएको हो । 

आजसम्मका संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेका छन् । संक्रमित मध्ये २२० जना उपचारपछि निको भए। घर फर्केका छन् भने १३३९ जना संक्रमितहरु उपचारमा छन् । 

कोरोना संक्रमण यतिबेला ५७ जिल्लामा फैलिसकेको छ ।


०००

सम्बन्धित समाचार 

 

 



प्रकाशित: २०७७ जेठ १८
May 31st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार