नेपाली समय: ०७:१५:२७ बेलुका
वि.सं २०८३ बैशाख ८   मंगलवार

कर्णालीमा कोरोनाः नयाँ २९ संक्रमित थपिएसँगै संक्रमितको संख्या पुग्यो २६२

निर्माण सञ्चार, २० जेठ, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा मंगलबार नयाँ २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सुर्खेत प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएरको परीक्षणबाट उक्त २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

प्रदेश सरकारले दिएको जानकारी अनुसार रिपोर्टले सुर्खेतका ११, सल्यानका ९ र अछामा ९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ६२ पुगेको छ । 

कार्णाली प्रदेशमा फैलिएको कोरोनाको कारण पनि भारत नै रहेको छ । पछिल्ला दिनमा कर्णाली प्रदेशमा भारतबाट फर्किनेहरुको संख्या बढेसँगै कोरोना संक्रमितहरुको संख्या बढेको स्थानीय प्रशासन कार्यालय सुर्खेतका अधिकारीहरु बताउँछन् । 

 

प्रदेश सरकार सामाजिक मन्त्रालयले प्रकाशित सूचना  

०००

सम्बन्धित समाचार 



प्रकाशित: २०७७ जेठ २०
June 2nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार