नेपाली समय: ०७:१६:४३ बेलुका
वि.सं २०८३ बैशाख ८   मंगलवार

नेपालमा कोरोना संक्रमित १८०० नजिकः एकैदिन २२६ नयाँ संक्रमित थपिए

निर्माण सञ्चार, १९ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको कूल संख्या १७९८ पुगेको छ । पछिल्लो २४ घण्टामा २२६ नयाँ संक्रमित थपिएसँगै यो संख्या पुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित ब्रिफिङमा यसबारे जानकारी दिदै प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २४ घण्टामा २ सय १३ जना पुरुष र १३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 

यसरी संक्रमित हुनेमा ११ महिने शिशु समेत छन् । दैलेखमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । जहाँ ४१ जना संक्रमित थपिएका छन् ।

अहिलेसम्म २२१ जना उपचार पछि निको भएका छन् भने १५६९ जना उपचाररत छन् ।

 

०००

सम्बन्धित समाचार 

 

 



प्रकाशित: २०७७ जेठ १९
June 1st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार