‘सरोकारवालासँग थप छलफल गर्नु पर्ने भएकाले’ ‘गुठी विधेयक फिर्ता’
निर्माण सञ्चार, ३ असार, काठमाडौं । बहुविवादित गुठी विधेयक फिर्ता लिइएको सरकारले घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलन नै गरी भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ता भएको घोषणा गरेकी हुन् ।
विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । विधेयक दर्तासँगै यसको विरोध पनि सुरु भएको थियो ।
विशेष गरी काठमाडौं उपत्यका भित्र ललितपुर र भक्तपुर सहितका गुठियार तथा सरोकारवालाहरुले विरोधमा सडकमा राँके जुुलुस समेत गरेका थिए ।
गुठी विधेयकका हकमा मन्त्री पोखरेलको ‘इनिसिएसन’ अर्थपूर्ण रहेका रुपमा हेरिएको थियो ।
यस्तै गरी सरकारले मिडिया काउन्सिल विधेयक पनि फिर्ता लिने वा पुनः संशोधन गरी अघि बढाउने भन्नेमा पुगेको छ ।
विधेयक गुठी संस्थान काम नलाग्ने भएको गुनासो बढेकाले गुठी र गुठियारहरुले दिएको सुझाव अनुसार नै आएको उनको भनाइ छ । उनले गुठियारहरुकै सल्लाह अनुसार यसको पुनगर्ठन गर्न खोजेको तर सानो निहुँलाई लिएर नचाहिदो गरी मुद्दा उछालिएकोमा दुख व्यक्त गरेका थिए । गुठी सम्बन्धी मुद्दामा अदालतबाट पुनर्वहाली भएर आएपछि प्राधिकरणको अवधारणा अगाडि सारिएको प्रम ओलीले स्पष्ट पारेका थिए । प्रम ओलीले सम्पदा, धरोहर, संस्कृतिको सरक्षण गर्ने चाहना अनुवसार नै सरकारले उक्त विधेयक ल्याएको बताए ।
उनले भने, ‘मध्यरातमा क्रेन लिएर चोकमै मूर्ति मर्काएको देश पनि यही हो । मूर्तिहरु हराउन नपाउन्, धरोहरहरु सुरक्षित होऊन भनेर नै यस्तो अवधारणा अघि सारिएको थियो ।’
प्रकाशित: २०७६ आषाढ ३
विशेष गरी काठमाडौं उपत्यका भित्र ललितपुर र भक्तपुर सहितका गुठियार तथा सरोकारवालाहरुले विरोधमा सडकमा राँके जुुलुस समेत गरेका थिए ।
मन्त्रीले भनिन् सरोकारवालासँग थप छलफल गर्न आवश्यक देखियो
विधेयक फिर्ता लिदै गर्दा मन्त्री अर्यालले ‘सम्बन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको’ बताइन् । उनले विधेयकमाथि अनावश्यक भ्रम सिर्जना गरिएको र लोकतन्त्रकै जरा काट्ने गरी षडयन्त्र गरिएको समेत आलोचना गरेकी छन् । सरकार पछिल्ला दिनमा विधेयकहरु दर्ता गर्ने र फिर्ता लिनेको क्रममा रहेको देखिन्छ । ऐन कानुन निर्माण अघि सरोकारवालाहरुसँग आवश्यक छलफल नै नगरी विधेयक ल्याउँदा सरकार अलोकप्रिय मात्र हैन, कार्यकौशलताको छविमा समेत दाग लगाउने ठाउँमा पुगेको छ । चौतर्फी विरोधपछि गुठी विधेयक फिर्ता लिनु पर्ने ठाउँमा पुगेको कुरा युरोप भ्रमणबाट फर्कदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धताले नै स्पष्ट पारेको थियो । युरोप भ्रमणकै बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका उपप्रधान तगा रक्षामन्त्री ईश्वर पोखरेलले विधेयक प्रति सरकार लचक रहेको कुरा बताएका थिए ।गुठी विधेयकका हकमा मन्त्री पोखरेलको ‘इनिसिएसन’ अर्थपूर्ण रहेका रुपमा हेरिएको थियो ।
कानुन फिर्ता प्रकरण नम्बर २
पछिल्ला दिनमा विभिन्न विधेयक तथा नियमावली÷कानुन ल्याउँदा सरोकारवालाहरुसँग छलफल नगरी सरकारले एकलौटी रुपले ल्याएको आरोप खेपिरहकै बेला गुठी विधेयकको फिर्ता प्रकरण दोस्रो नम्बरमा परेको छ ।खरिद नियमावली/ऐनमा पनि ‘सरोकारवालाहरुसँग थप छलफल’ गर्ने हो कि सरकार ! यस अघि सरकारले सार्वजनिक खरिद नियमावली राजपत्रमा प्रकाशित गरेको ४ हप्ता नपुग्दै पुनः शंसोधन गर्नु परेको थियोयस अघि सरकारले सार्वजनिक खरिद नियमावली राजपत्रमा प्रकाशित गरेको ४ हप्ता नपुग्दै पुनः शंसोधन गर्नु परेको थियो । ऐन, नियम र काुनन निर्माण गर्दा सरोकार पक्षहरुको भनाइ नसुन्दाको परिणाम सरकारले ‘ब्याक गियर’ चलाउनु परेको यो अर्काे घटनाका रुपमा अंकित भएको छ ।
यस्तै गरी सरकारले मिडिया काउन्सिल विधेयक पनि फिर्ता लिने वा पुनः संशोधन गरी अघि बढाउने भन्नेमा पुगेको छ ।
प्रधानमन्त्रीले भने, ‘गुठी विधेयक गुठियारकै सल्लाह अनुसार’
काँग्रेसले संसद्मा बोल्न नदिएपछि पत्रकार सम्मेलन मार्फत् आफ्ना कुराहरु राख्न बोलाइएको प्रेस मिटमा प्रधानमन्त्री ओलीले गुठी विधेयकको मर्म प्रकाशित गरेका थिए ।विधेयक गुठी संस्थान काम नलाग्ने भएको गुनासो बढेकाले गुठी र गुठियारहरुले दिएको सुझाव अनुसार नै आएको उनको भनाइ छ । उनले गुठियारहरुकै सल्लाह अनुसार यसको पुनगर्ठन गर्न खोजेको तर सानो निहुँलाई लिएर नचाहिदो गरी मुद्दा उछालिएकोमा दुख व्यक्त गरेका थिए । गुठी सम्बन्धी मुद्दामा अदालतबाट पुनर्वहाली भएर आएपछि प्राधिकरणको अवधारणा अगाडि सारिएको प्रम ओलीले स्पष्ट पारेका थिए । प्रम ओलीले सम्पदा, धरोहर, संस्कृतिको सरक्षण गर्ने चाहना अनुवसार नै सरकारले उक्त विधेयक ल्याएको बताए ।
उनले भने, ‘मध्यरातमा क्रेन लिएर चोकमै मूर्ति मर्काएको देश पनि यही हो । मूर्तिहरु हराउन नपाउन्, धरोहरहरु सुरक्षित होऊन भनेर नै यस्तो अवधारणा अघि सारिएको थियो ।’
गुठीमा विभेद छ
प्रम ओलीले उपत्यकाभित्र र बाहिरका गुठीहरुमा फरक फरक व्यवस्था रहेको र तिनमा विभेद पनि रहेको स्पष्ट पार्ने काम गरे । उपत्यका बाहिर गुठीका नाममा जनता शोषणमा परेको उनको भनाइ छ । उपत्यकाका निजी गुठीहरु समेत जोगाउनुपर्ने प्रमको भनाइ छ । उनले भने, ‘कुरा मिसमास गरेर उछालियो । घासको एउटा स्याउलो भेट्टाइएको के थियो, हजारवटा हरेउ देखा परेझै गरियो ।’ ००० पढौं यो पनि- योगेश भट्टराईको प्रस्तावः ‘गुठी विधेयक स्थगित गरौं, नयाँ शिराबाट अघि बढौं’
- संवादहीनताको अन्त्य अर्थात् सुखद संवादको थालनीः कार्यवाहक प्रधानमन्त्रीको कदम निकासमुखी बनोस्
- २५ दिन नबित्दै खरिद नियमावलीमाथि अर्को संशोधनः वार्ता र प्रक्रियामै नपसी एकाएक कसरी आयो सातौं संशोधन ?’
- खरिद नियमावली यसरी बाझिन्छ संविधान र अन्य ऐनसँग
प्रकाशित: २०७६ आषाढ ३
June 18th 2019
प्रतिक्रिया दिनुहोस्