लम्बियो लकडाउन ५ जेठसम्मः बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्ने मन्त्रिपरिषदको निर्णय
निर्माण सञ्चार, २४ वैशाख, काठमाडौं । पछिल्लो लडकडाउन भोलि वैशाख २५ गते सकिदै गर्दा सरकारले जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ।
बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दीको घोषणा गर्दै आएको थियो ।
तर, बन्दाबन्दीकै बीचमा पनि नेपालमा कोरोनाको संक्रमितको संख्या भने बढिरहेकै छ । ह्वात्तै नबढे पनि बढ्ने क्रम भने रोकिएको छैन ।
नेपालगन्जमा भने मुसलमान समूदायमा देखिएको कोरोना संक्रमणका कारण सरकारले लकडाउन खुकुलो पनि गर्न सकिने भन्ने छलफल रोकेरै जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यद्यपि, काठमाडौं उपत्यकामा भने सबै नाकाबाट मानिसहरुको आवातजावत रोकेर व्यावसायिक सहजताका लागि केही खुकुलो पनि गर्न सकिनेबारे सरकारले छलफल अघि बढाएको छ ।
लकडाउनका सुरुका दिनमा (चैत ११ गते) नेपालमा २ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । तर, करिब डेढ महिनासम्म गरिएको लकडाउनकै अवधिमा पनि आजका दिनसम्म कोरोना संक्रमितको संख्या ८२ जना पुगेको छ ।
प्रकाशित: २०७७ बैशाख २४
बुद्ध जयन्तिका अवसरमा साँझ घरघरमा दीपप्रज्वलन गर्ने सरकारको निर्णय
सरकारले बिहीबार साँझ देशभरि घरघरमा दीप प्रज्वलन गर्ने निर्णय पनि गरेको छ। बालुवाटारमा बसेको मन्त्रिपरिषद् उक्त बैठकले बुद्ध जयन्तिको अवसर र कोरोनाभाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको हो । ००० पढौं सम्बन्धित समाचारनेपालगञ्जमा थप ७ जनामा पुष्टि भयो कोरोना संक्रमणः नेपालमा पुग्यो ८२
सोमबारदेखि २५ गतेसम्म नेपालगञ्जमा कर्फ्यू !
कर्णाली सरकारको निर्णयः रातको १२ बजेदेखि सबै नाका सिल, ग्रुप आइसोलेसन गर्दै आयोजना निर्माण पनि गराउने
मस्चिद मदरसामा कोरोनाः नयाँ ६ जना संक्रमित भेटिएसँगै नेपालमा पुगे ७५
कोरोना किन रोकिएनः नेपालगञ्जमा थप ५ पुरुष र ४ महिलामा संक्रमण पुष्टिः पुगे ६९
रुपन्देही र बाँकेमा भेटिए २ कोरोना संक्रमितः नेपालमा पुगे ५९
कोरोना संक्रमण बढ्दोः एकैदिन देखिए नयाँ ३, कोरोना संक्रमित पुगे ५७
क्वारेन्टाइन बसेर फर्किएकै पुरुषमा कोरोना पुष्टिः रौतहटमा नयाँ २ मा संक्रमण, संक्रमित पुगे ५४
प्रकाशित: २०७७ बैशाख २४
May 6th 2020
प्रतिक्रिया दिनुहोस्