नेपाली समय: ०१:३१:२६ बिहान
वि.सं २०८३ बैशाख ९   बुधवार

वीरगन्ज कोरोना संक्रमणको भयावह केन्द्रः २ महिने शिशुसहित एकै परिवारका १७ जना संक्रमितः पुगे ९९

निर्माण सञ्चार, २४ वैशाख, पर्सा । पर्सामा एकै परिवारका १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा २ महिने शिशु सहित रहेका छन् । । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट यो पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार थपिएका सबै संक्रमित पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिकाका हुन्। 

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ ।


०००

पढौं सम्बन्धित समाचार

लम्बियो लकडाउन ५ जेठसम्मः बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्ने मन्त्रिपरिषदको निर्णय

नेपालगञ्जमा थप ७ जनामा पुष्टि भयो कोरोना संक्रमणः नेपालमा पुग्यो ८२

सोमबारदेखि २५ गतेसम्म नेपालगञ्जमा कर्फ्यू !

कर्णाली सरकारको निर्णयः रातको १२ बजेदेखि सबै नाका सिल, ग्रुप आइसोलेसन गर्दै आयोजना निर्माण पनि गराउने

मस्चिद मदरसामा कोरोनाः नयाँ ६ जना संक्रमित भेटिएसँगै नेपालमा पुगे ७५

‘कोरोना नियन्त्रण पछि नेपाली स्वास्थ्य क्षेत्रले गुणात्मक फड्को मार्ने छ’, भिडियो कन्फरेन्सको स्पष्ट सन्देश- ‘लकडाउन तत्काल हट्तैन’

 



प्रकाशित: २०७७ बैशाख २४
May 6th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार