जनकपुरका पत्रकारदेखि बाँके र कपिलवस्तुमा थपिए एक–एक कोरोना संक्रमितः पुग्यो २२०
निर्माण सञ्चार, ३१ वैशाख, काठमाडौं । जनकपुरमा एक पत्रकार सहित बुधबार बाँके र कपिलवस्तुमा एक–एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । ती पुरुष बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– ८ निवासी हुन् ।
त्यस्तै, मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दिएको जानकारी अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा पनि कोरोना संक्रमण देखिएको छ ।
कपिलवस्तुका युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको पिसिआर परीक्षणबाट कोरोना पुष्टि भएको हो । उनीहरु दुबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य नै देखिएको छ । बुधबारकै दिन बिहान जनकपुरमा एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार वीरगन्जमा दुई जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधाममा ४० वर्षीय अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२० पुगेको छ ।
००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ बैशाख ३१

कोरोना ‘हाइअलर्ट’ ! काठमाडौं र भक्तपुरमा फेरि थपिए नयाँ संक्रमितः मंगलबार मात्रै ८३ मा कोरोना, पुगे २१७
बारा र पर्सामा निषेधाज्ञाः जेठ ५ गते राति १२ बजेसम्म बन्द, सेना परिचालन
पर्सामा ३९, कपिलवस्तुमा ८, रूपन्देहीमा ९, बारामा १ गरी एकै दिन थपिए ५७ कोरोना संक्रमितः संख्या पुग्यो १९१
फेरि थपिए १३, कोरोना संक्रमित पुगे १३४ः कपिलवस्तु, रुपन्देही र बर्दियाः कोरोना संक्रमणको उच्च जोखिम तिर
जुम्लामा गाउँगाउँ पुगेर एकैदिन ८४९ को स्वाब संकलन, सिक्ने कि अरु प्रदेशले पनि !
प्रकाशित: २०७७ बैशाख ३१
May 13th 2020
प्रतिक्रिया दिनुहोस्