शिक्षण अस्पतालको न्युरो वार्ड सिल गरियोः स्वास्थ्यकर्मी सहितको कोरोना परीक्षण, ३८ जना क्वारेन्टाइनमा
नर्मिाण सञ्चार, १ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको न्युरो वार्ड सिल गरिएको छ भने अस्पतालको अत्यावश्यक सेवा बाहेक शल्यक्रियाहरु पनि बन्द गरिएको छ ।
बिहीबार बिहान उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने अस्पतालमा कार्यरत कर्मचारी सबैको कोरोना परीक्षण गरिएको छ ।
बिहीबार अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको सबैको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको अस्पतालले बताएको हो ।
यतिबेला न्यूरो वार्डमा रहेका ५ बिरामीलाई गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको हो ।
उनीहरु सबैको थ्रोट स्वाब संकलन गरिएको छ ।
अस्पतालले सूचना जारी गर्दै पिसिआर रिपोर्ट नेगेटिभ आएको अवस्थामा पनि ६ वर्षे बालिकाको सम्पर्कमा आएका सबै चिकित्सक, नर्स र अरु स्वास्थ्यकर्मीहरुलाई पनि १४ दिनको क्वारेन्टाइनमा राखिने अस्पतालको भनाइ छ ।

००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ १

००० पढौं सम्बन्धित समाचार
राजधानीका प्रसूति, वीरजस्ता अस्पताल सिल गरौंः अस्पतालमा पनि छिर्यो कोरोनाः टिचिङमा ६ वर्षे बालिका संक्रमित !
सर्लाही, धनुषा र महोत्तरीमा थपिए कोरोनाका ५ संक्रमितः पुग्यो २५० !
काठमाडौंमा चन्द्रागिरि कोरोना केन्द्र ! नयाँ २ भेटिएसँगै कोरोना संक्रमितको संख्या पुग्यो २४५
बुधबार साँझसम्म थपिए २४ संक्रमितः पुगे २४३
जनकपुरका पत्रकारदेखि बाँके र कपिलवस्तुमा थपिए एक–एक कोरोना संक्रमितः पुग्यो २२०
प्रकाशित: २०७७ जेठ १
May 14th 2020
प्रतिक्रिया दिनुहोस्