काठमाडौंमा चन्द्रागिरि कोरोना केन्द्र ! नयाँ २ भेटिएसँगै कोरोना संक्रमितको संख्या पुग्यो २४५
निर्माण सञ्चार, १ जेठ, काठमाडौं । कपिलवस्तुमा ६ वर्षिया बालिका र काठमाडौं चन्द्रागिरिमा ३२ वर्षे पुरुषमा कोरोना देखिएसँगै नेपालमा कोरोना (कोभिड–१९) संक्रमणको संख्या २ सय ४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी गराएको हो । पछिल्लो अपडेट अनुसार ६ वर्षीया बालिका कपिलवस्तु निवासी हुन् भन् ३२ वर्षे पुरुष काठमाडौंको चन्द्रागिरि बस्दै आएका छन् ।
स्मरणरहोस्, मंगलबार पनि चन्द्रागिरिमा एक ३३ वर्षे महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी सो नगरपालिकाकै मच्छेगाउँ बस्ने हुन् ।
साथै, बिहीबार पनि चन्द्रागिरि नपाकै एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसले गर्दा राजधानी काठमाडौंमा कोरोना संक्रमण उच्च जोखिममा रहेको विज्ञहरुले बताइरहेका छन् ।
काठमाडौंमा मात्रै संक्रमितहरुको संख्या ६ पुगेको छ ।
बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जनामा कोरोना पुष्टि भएको थियो ।
००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ १
००० पढौं सम्बन्धित समाचार
बुधबार साँझसम्म थपिए २४ संक्रमितः पुगे २४३
जनकपुरका पत्रकारदेखि बाँके र कपिलवस्तुमा थपिए एक–एक कोरोना संक्रमितः पुग्यो २२०
कोरोना ‘हाइअलर्ट’ ! काठमाडौं र भक्तपुरमा फेरि थपिए नयाँ संक्रमितः मंगलबार मात्रै ८३ मा कोरोना, पुगे २१७
बारा र पर्सामा निषेधाज्ञाः जेठ ५ गते राति १२ बजेसम्म बन्द, सेना परिचालन
पर्सामा ३९, कपिलवस्तुमा ८, रूपन्देहीमा ९, बारामा १ गरी एकै दिन थपिए ५७ कोरोना संक्रमितः संख्या पुग्यो १९१
फेरि थपिए १३, कोरोना संक्रमित पुगे १३४ः कपिलवस्तु, रुपन्देही र बर्दियाः कोरोना संक्रमणको उच्च जोखिम तिर
जुम्लामा गाउँगाउँ पुगेर एकैदिन ८४९ को स्वाब संकलन, सिक्ने कि अरु प्रदेशले पनि !
प्रकाशित: २०७७ जेठ १
May 14th 2020
प्रतिक्रिया दिनुहोस्