तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमण संख्या पुग्यो २९१ः रौतहटमा थपिए १० जना
निर्माण सञ्चार, ४ जेठ, काठमाडौं । पछिल्लो अपडेट अनुसार नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ ।
आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट रौतहटका थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको हो ।
संक्रमण पुष्टि भएकाहरु सबै रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाए अनसार आइतबार बिहानसम्म गरी रौतहटमा मात्रै संक्रमितको संख्या १३ पुगेको छ ।
कुन कुन वडाका संक्रमित ?
रौतहटको राजपुर नगरपालिकाका ९, फरहदवा निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष तथा इशनाथ नगरपालिका निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरु उनीहरुको सम्पर्कमा छन् ।
कुन जिल्लामा कति कति ?
मन्त्रालयले दिएको तथ्यांक अनुसार हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँकेमा ३३, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा १३, काठमाडौंमा ९, धनुषामा ५, कैलालीमा ४, बारा, चितवन, दाङ महोत्तरी र सर्लाहीमा ३–३ तथा बागलुङ, झापा, भक्तपुर र बर्दियामा २–२ जनामा कोरोना संक्रमित देखिएका छन् ।
त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी, सिरहा, काभ्रेपलाञ्चोक, धादिङ र सिन्धुपाल्चोकमा एक–एक जना संक्रमित भेटिएका छन् ।
हालै मात्र भारतबाट आएका संक्रमित
रौतहटमा फैलिएको कोरोना संक्रमितबारे जिज्ञासा राख्दा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले नयाँ संक्रमितहरु केही दिनअघि मात्रै भारतको मुम्बइ, गुजरात जस्ता स्थानहरुबाट नेपाल आएको बताए ।
जिल्ला प्रशासनसँग उनीहरु आएको विवरण पनि सुरक्षित रहेको प्रजिअको भनाइ छ ।
तर, जिल्ला प्रशासनले बुद्धि पुराएर भारतबाट फर्केलगत्तै उनीहरुलाई सिधै क्वारेन्टाइनमा पठाइएको थियो ।
प्रजिअ घिमिरेका अनुसार क्वारेन्टाइनमा रहेकै बेला उनीहरुको शुक्रबार स्वाबको नमूना संकलन गरिएको थियो र स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको थियो ।
भारतबाट आउने बित्तिकै क्वारेन्टाइनमा राखिएको हुँदा उनीहरुबाट परिवारमा संक्रमण नभएको प्रजिअ घिमिरेको भनाइ छ ।
रौतहटमा भारतीय नाकाबाट आउनेलाई विशेष निगरानी राखिएको पनि प्रजिअ घिमिरेको भनाइ छ ।
००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ ४
००० पढौं सम्बन्धित समाचार
धनुषामा नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित पुगे २ सय ८१
पहिलो पल्ट देखियो काभ्रे, सिरहा र महोत्तरीमा कोरानाः ३ थपिएसँगै संक्रमितको संख्या २७९
Read This sroty also
कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ! १० दिनकी सुत्केरी महिलामा कहाँबाट भयो संक्रमण खोजी गर !
मृतक चालिसेको घर र माइती गाउँ सिल
शिक्षण अस्पतालमा सुत्केरी भएकी बाह्रबिसेकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु, कारण आउँदै
प्रकाशित: २०७७ जेठ ४
May 17th 2020
प्रतिक्रिया दिनुहोस्