नेपाली समय: ०४:५६:१६ बिहान
वि.सं २०८३ बैशाख ९   बुधवार

बाँकेमा थपिए एकै पटक ४७ जना कोरोना संक्रमितः पुगे ३५७

निर्माण सञ्चार, ५ जेठ, नेपालगञ्ज । पछिल्लो तथ्यांक अनुसार नेपालमा ३५७ जना कोरोना संक्रमित पुगेका छन् । पछिल्लो आँकडाले एकै दिनमा ५३ जना कोरोना संक्रमित थपिएका हुन् ।

बाँकेमा एकै पटक ४७ नयाँ कोरोना भाइरस (कोभिड १९) संक्रमित देखिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उक्त संख्याका संक्रमितहरु भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको १९० जनाको परीक्षणबाट पुष्टि भएको हो । सो परीक्षणबाट ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

जुन रिपोर्ट अनुसार एक जना मात्रै महिला संक्रमित रहेकी छन् भने बाँकी ४६ जना पुरुष रहेका छन् ।

तथ्यांकले गुल्मी, मोरङ, धादिङ, धनुषा, दाङ र रौतहटमा १–१ जनामा कोरोना पुष्टि भएको छ । यी जिल्लाबाट ६ जना नयाँ थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमितहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेको जानकारी दिएका हुन् । 

 

०००

पढौं सम्बन्धित समाचार

थप ९ मा कोरोना संक्रमणसँगै संक्रमित पुगे ३०४ः बारामा थपिए संक्रमित पत्रकार

कोरोनाबाट मृत्यु भएकी पहिलो महिलाको १४ दिने ‘सिन्धुपुत्र’मा देखिएन कोरोना संक्रमण !

जेठ २० गतेसम्म लम्बियो लकडाउनः कोरोना संक्रमित पुगे २९५

क्वारेन्टाइनमै मृत्यु भएका बाँकेका युवकमा कोरोना संक्रमण पुष्टि ! मृत्यु हुनेमा थपियो अर्काे अंक !

कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ! १० दिनकी सुत्केरी महिलामा कहाँबाट भयो संक्रमण खोजी गर !

 



प्रकाशित: २०७७ जेठ ५
May 18th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार