निर्माण सञ्चार, ५ जेठ, काठमाडौं ।
पछिल्लो अपडेट अनुसार नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ३ सय ४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो घण्टामा थप ९ जना नयाँमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयले सोमबार बिहान जारी गरेको प्रेस विज्ञप्तिले थप ९ जना नयाँ कोरोना संक्रमित फेला परेको उल्लेख छ ।
संक्रमित सात जना रौतहट इशनाथ नगरपालिकाका पुरुष रहेका छन् । उनीहरू २१ देखि ३० वर्ष उमेरका रहेको मन्त्रालयको भनाइ छ।
संक्रमित पुरुषहरू वडा नम्बर २,३,६ र ९ का बासिन्दा रहेका छन् भने अर्का संक्रमित पुरुष बारा, करैयामाई–५ रहेका छन्। उनको उमेर ३८ वर्ष रहेको छ।
अर्काे संक्रमित २८ वर्षे महिला रौतहटको माधवनारायण नगरपालिका–३ का बासिन्दा रहेकी छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणबाट उनीहरूमा कोरोनाको संक्रमण पुष्टि भएको हो।
संक्रमितको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्राललयको भनाइ छ ।
नेपालमा यस अघि २ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रेस पेपरस्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रेस पेपर... Cover Photo: कोरोना भाइरसले संक्रमित कोषहरूबारे न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको तस्वीर
०००
प्रतिक्रिया दिनुहोस्