नेपाली समय: ०९:२९:०९ बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

कोरोनाबाट मृत्यु भएकी पहिलो महिलाको १४ दिने ‘सिन्धुपुत्र’मा देखिएन कोरोना संक्रमण !

निर्माण सञ्चार, ५ जेठ, काठमाडौं । कोरोना संक्रमणको नेपाली इतिहासमा पहिलो मृत्यु वरण गर्न पुगेकी सुत्केरी महिलाबाट जन्मेको नवजात शिशुमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।

शिशु ऐतिहासिक पुत्र बन्न पुगेका छन् ।

९ दिने सुत्केरी अवस्थामै उनको मृत्यु भएको थियो । नवजात शिशु सहित परिवारका अन्य सदस्यहरुमा पनि कोरोना भाइरस संक्रमण नेगेटिभ देखिएको छ । 

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट नवजात शिशु सहित मृतक महिलाका श्रीमान र परिवारका पाँचै सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालमा चिकित्सक डा सुमनराज ताम्राकारले पुष्टि गरेका हुन् ।

सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका ९ राम्चे घर भएकी महिलाको गत बिहीबार साँझ धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो।

उनले गत बैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा उक्त शिशुलाई जन्म दिएकी थिइन्।

शिक्षण अस्पतालबाट घर फर्किएपछि उनको स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा देखाइएको थियो । पछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो । 

बिहीबार उनको मृत्यु भएको थियो ।

धुलिखेल अस्पताल स्रोत अनुसार परिवारजनमा कोरोना संक्रमण नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लास्थित क्वारेन्टाइनमा पठाउने तयारी छ।

...

‘नोटः नवजात शिशुलाई हामीले ‘सिन्धुपुत्र’ भन्ने सम्मान दिएका हौं, धन्यवाद !)

०००

पढौं सम्बन्धित समाचार

आमा गुमाएका १२ दिने शिशु आइसोलेसनमाः कोरोना परीक्षण हुँदै !

कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ! १० दिनकी सुत्केरी महिलामा कहाँबाट भयो संक्रमण खोजी गर !

शिक्षण अस्पतालमा सुत्केरी भएकी बाह्रबिसेकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु, कारण आउँदै 

थप ९ मा कोरोना संक्रमणसँगै संक्रमित पुगे ३०४ः बारामा थपिए संक्रमित पत्रकार

जेठ २० गतेसम्म लम्बियो लकडाउनः कोरोना संक्रमित पुगे २९५

क्वारेन्टाइनमै मृत्यु भएका बाँकेका युवकमा कोरोना संक्रमण पुष्टि ! मृत्यु हुनेमा थपियो अर्काे अंक !

 



प्रकाशित: २०७७ जेठ ५
May 18th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार