नेपाली समय: ०३:२३:३१ बिहान
वि.सं २०८३ बैशाख ९   बुधवार

जेठ २० गतेसम्म लम्बियो लकडाउनः कोरोना संक्रमित पुगे २९५

निर्माण सञ्चार, ४ जेठ, काठमाडौं । कोरोना संक्रमण तथा रोकथामका लागि भन्दै सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका हुन् ।

सरकारले ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसदेखि यता पटकपटक लकडाउनको समय थप भएको छ । पछिल्लो पटक थपिएको समय जेठ ५ सम्मका लागि थियो ।

कोरोना संक्रमित थपिए प्रदेश नम्बर १ मा

पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या बढेर २९५ पुगेको छ ।

प्रदेश १ मा आइतबार ३ जनामा कोरोना संक्रमित पुष्टि भएका हुन् । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । 

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नयाँ ३ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार संक्रमित मध्ये मोरङको विराटनगर निवासी २९ वर्षीया महिला  र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

यता धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको हो ।  योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

योसँगै गरी नेपालमा कोरोना संक्रमित संख्या २९५ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् । 

०००

पढौं सम्बन्धित समाचार

तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमण संख्या पुग्यो २९१ः रौतहटमा थपिए १० जना

धनुषामा नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित पुगे २ सय ८१

क्वारेन्टाइनमै मृत्यु भएका बाँकेका युवकमा कोरोना संक्रमण पुष्टि ! मृत्यु हुनेमा थपियो अर्काे अंक !

क्वारेन्टाइनमै मृत्यु भयो बाँकेमा एक युवकको ! उपचार नपाएको भन्दै स्थानीयद्वारा विरोध

आमा गुमाएका १२ दिने शिशु आइसोलेसनमाः कोरोना परीक्षण हुँदै !

कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ! १० दिनकी सुत्केरी महिलामा कहाँबाट भयो संक्रमण खोजी गर !

शिक्षण अस्पतालमा सुत्केरी भएकी बाह्रबिसेकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु, कारण आउँदै 

 

 



प्रकाशित: २०७७ जेठ ४
May 17th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार