नेपाली समय: ०१:४३:१५ बिहान
वि.सं २०८३ बैशाख ९   बुधवार

थपिएका नयाँ संक्रमितमा ३, ४ र ६ वर्षीय बालिका पनिः कूल संख्या पुग्यो ४२७

निर्माण सञ्चार, ७ जेठ, काठमाडौं । नेपालमा कोभिडि १९ संक्रमणको पछिल्लो अपडेट अनुसार बुधबार साँझ ५ः०० बजेसम्म ४२७ संक्रमित पुगेका छन् । 

यो २४ घण्टामा नेपालमा २५ जना कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो । 

नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका ५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएका छन् । 

महाराजगञ्ज गाउँपालिकामा १० जना संक्रमित छन् । ती मध्ये ३ जना ३, ४ र ६ वर्षका बालिका रहेका छन् । 

यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

यसैगरी २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला सहित धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।


०००

पढौं सम्बन्धित समाचार

काठमाडौं, भक्तपुर, ललितपुर सहित थपिए कोरोना संक्रमितः पुगे ४०२

कोरोनाबाट मृत्यु भएकी पहिलो महिलाको १४ दिने ‘सिन्धुपुत्र’मा देखिएन कोरोना संक्रमण !

जेठ २० गतेसम्म लम्बियो लकडाउनः कोरोना संक्रमित पुगे २९५

क्वारेन्टाइनमै मृत्यु भएका बाँकेका युवकमा कोरोना संक्रमण पुष्टि ! मृत्यु हुनेमा थपियो अर्काे अंक !

कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ! १० दिनकी सुत्केरी महिलामा कहाँबाट भयो संक्रमण खोजी गर !

 

 



प्रकाशित: २०७७ जेठ ७
May 20th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार