काठमाडौं, भक्तपुर, ललितपुर सहित थपिए कोरोना संक्रमितः पुगे ४०२
निर्माण सञ्चार, ६ जेठ, काठमाडौं । मंगलबार साँझ ४ बजेसम्मको कोरोना संक्रमितको अवस्था जानकारी गराउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २७ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको जनाएको छ ।
उपत्यका भित्रका प्रमुख सहरहरु काठमाडौं, भक्तपुर र ललितपुरमा पनि ५कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालय अनुसार काठमाडौंमा ३ तथा भक्तपुर र ललितपुरमा एक–एक जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले उपत्यका बाहिर झापाका ९ जना, मोरङ र सुनसरीका एक–एक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एक–एक जना कपिलवस्तुमा ४ र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
थप संक्रमितहरुको उमेर १७ देखि ४२ वर्ष भित्र रहेका छन् । मंगलबार अपराह्नको यो रिपोर्टसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४०२ पुगेको छ ।
मन्त्रालयले आजसम्म गरी ३६ जिल्लामा कोरोना संक्रमण फैलिएको जनाएको छ ।
प्रदेशगत हिसाबले सबैभन्दा बढी संक्रमित प्रदेश नम्बर ५ मा फेला परका छन्, जहाँ १ सय ७६ संक्रमित पुष्टि भएका छन् ।
त्यस्तै, प्रदेश १ मा ५४, २ मा एक सय ३६, वागमतीमा २७ र गण्डकी प्रदेशमा ४ जना संक्रमित भेटिएका छन् भने कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा ५ संक्रमित फेला परेका छन् ।
०००
पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ ६
झापामा ९ र सुनसरीमा २, थपिए ११ संक्रमित: संक्रमितको संख्या ३ सय ९०
भारतबाट आएका थिए कपिलवस्तु मायादेवीका ४ संक्रमितः पुग्यो ३ सय ७९
कोरोनाबाट मृत्यु भएकी पहिलो महिलाको १४ दिने ‘सिन्धुपुत्र’मा देखिएन कोरोना संक्रमण !
जेठ २० गतेसम्म लम्बियो लकडाउनः कोरोना संक्रमित पुगे २९५
क्वारेन्टाइनमै मृत्यु भएका बाँकेका युवकमा कोरोना संक्रमण पुष्टि ! मृत्यु हुनेमा थपियो अर्काे अंक !
कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ! १० दिनकी सुत्केरी महिलामा कहाँबाट भयो संक्रमण खोजी गर !
प्रकाशित: २०७७ जेठ ६
May 19th 2020
प्रतिक्रिया दिनुहोस्