नेपाली समय: ०८:१८:३७ बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

अन्तर्राष्ट्रिय विमानस्थलका लागि १९ अर्ब ४२ करोडः पुष्पलाल, हुलाकी र मदनभण्डारी लोकमार्गमा कति ?

निर्माण सञ्चार, १५ जेठ, ०७७, काठमाडौं । सरकारले आउने आर्थिक वर्षका लागि आउने वर्षदेखि ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी चालू निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ बजेट विनियोजन गरेको छ । 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड रुपियाँ बजेट विनियोजन गरेको अर्थमन्त्री डा युवराज खतिवडाले बताए ।

त्यस्तै, आउने आर्थिक वर्षका लागि ३ देखि ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी क्रमशः पुष्पलाल, हुलाकी र मदनभण्डारी लोकमार्गका लागि बजेट तर्जुमा गरेको छ । 

बिहीबार संसदको दुवै सदनमा आर्थिक वर्ष ०७७–७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले पुष्पलाल लोकमार्गका लागि ३ वर्षमा सक्ने गरी ८ अर्ब २७ करोड बजेट दिएका हुन् । 

त्यस्तै, अर्थमन्त्री डा खतिवडाले आउने ३ वर्षभित्रै सक्ने गरी हुलाकी लोकमार्गका लागि ७ अर्ब १ करोड बजेट छुट्याएको बताए भने आगामी वर्षभित्र सक्ने गरी मदन भण्डारी राजमार्गका लागि ३ अर्ब ७ करोड बजेट विनियोजन गरेको पनि घोषणा गरेका हुन् ।

त्यस्तै, सरकारले केही वर्षदेखि सुरु गरेका केही कोरिडोर मार्गका लागि ७ अर्ब १६ करोड बजेट छुट्याएको छ भने विपी लोकमार्ग सहित मुलुकका पूर्वदेखि पश्चिमी भूभागमा पर्ने विभिन्न सडकहरु सुधार तथा स्तरोन्नतिका लागि पनि नयाँ बजेट तर्जुमा गरेको छ । 

...

कभर फोटोः कोरोना महामारीमै पनि निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

०००

रेल–वेका लागि ८ अर्ब ६६ करोड बजेटः सुरुङ मार्गका लागि ६ अर्ब ४२ करोड, सडक मर्मतका लागि कति ?

कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेटः स्वास्थ्य बजेटमा १२ अर्ब बढी (LIVE)

पूर्वपश्चिम राजमार्ग ४ लेनको बनाइनेः बजेट १२ अर्ब २१ करोड

कोरोनाले कहाँ पुर्‍याउँदै छ नेपालको अर्थतन्त्र? चालू आवको आर्थिक वृद्धिदर कतिमा खुम्चिने भो ? कस्ता छन् बाँकी आर्थिक सूचक ?



प्रकाशित: २०७७ जेठ १५
May 28th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार