नेपाली समय: ०८:००:१२ बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

नयाँ आवको बजेटः १४ खर्ब ७४ अर्ब ६४ करोड, कस्तो छ- हेर्नुस् पूर्णपाठ

निर्माण सञ्चार, १५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक भएको छ । 

बुधबार संसदको संयुक्त सदनमा सरकारका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपियाँको बजेट भाषण गरे ।

यो बजेट चालु आर्थिक वर्ष २०७६–७७ का तुलनामा केही आकार घटेर आएको छ । चालू आवका लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपियाँको बजेट ल्याएको थियो ।

नयाँ बजेटको सिलिङ कुनमा कति ?

अर्थमन्त्री डा खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ ९ खर्ब ४८ अर्ब (करिब ६० प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड (करिब २३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपियाँको बजेट विनियोजन गरिएको जानकारी गराएका हुन् ।

सो बजेटको स्रोत व्यवस्थापनका हकमा अर्थमन्त्री डा खतिवडाले राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपियाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपियाँ जुटाइने बताएका छन् ।

अर्थमन्त्री खतिवडाले आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपियाँ उठाउने योजना  पनि सुनाए ।

 

हेरौं बजेटको पूर्ण पाठ

 

https://drive.google.com/file/d/1e_oJaARkavWReKn_HURB02nTqAFQXZx1/view  

०००

रेल–वेका लागि ८ अर्ब ६६ करोड बजेटः सुरुङ मार्गका लागि ६ अर्ब ४२ करोड, सडक मर्मतका लागि कति ?

काठमाडौं–तराई द्रुतमार्गका लागि ८ अर्ब ९३ करोड

कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेटः स्वास्थ्य बजेटमा १२ अर्ब बढी (LIVE)

पूर्वपश्चिम राजमार्ग ४ लेनको बनाइनेः बजेट १२ अर्ब २१ करोड

लकडाउनले फास्ट ट्र्रयाक निर्माण प्रभावितः निर्माण कार्य दोस्रो चरणमा पुगेको आयोजनाको दाबी

कोरोनाले कहाँ पुर्‍याउँदै छ नेपालको अर्थतन्त्र? चालू आवको आर्थिक वृद्धिदर कतिमा खुम्चिने भो ? कस्ता छन् बाँकी आर्थिक सूचक ?

 

 



प्रकाशित: २०७७ जेठ १५
May 28th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार