नेपाली समय: ०७:१६:४७ बेलुका
वि.सं २०८३ बैशाख ८   मंगलवार

संक्रमितको संख्या पुग्यो २ हजार ९९ः काठमाडौं मेडिकल कलेजका डाक्टर नै संक्रमित

निर्माण सञ्चार, २० जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दिनानुदिन बढिरहेको छ । यसको मूल कारण बनेको छ भारतबाट नेपाल आउनेको ठूलो लापरबाह संख्या ।

नेपालमा पछिल्लो २४ घण्टामा नयाँ २८८ कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित सञ्चार साक्षात्कारमा जानकारी दिदै प्रवक्ता डा विकास देवकोटाले यो तथ्यांक जानकारी दिएका हुन् । 

जस अनुसार यो २४ घण्टामा भेटिएमध्ये सबैभन्दा धेरै संक्रमित रौतहटमा ७४ जना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा ४ स्वास्थ्यकर्मी संक्रमित 

स्वास्थ्य मन्त्रालय अनुसार यो २४ घण्टामा काठमाडौंमा पनि नयाँ ४ कोरोना संक्रमित भेटिएका छन् । ती चारैजना  स्वास्थ्यकर्मी रहेका छन् । 

दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अन्तर्गत रहेको कोभिड अस्तालमा कार्यरत २ महिला र एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । 

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरकी नर्समा पनि संक्रमित भेटिएको मन्त्रालय स्रोत बताउँछ ।

 

OOO

सम्बन्धित समाचार 

 

 



प्रकाशित: २०७७ जेठ २०
June 2nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार