कोरोनाबाट निधन हुने नवौं व्यक्ति बनेः न्युरो सर्जरी गरिएको दोलखाका ७६ वर्षे बृद्ध
निर्माण सञ्चार, २१ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नवौं व्यक्तिको निधन भएको छ ।
दोलखा भीमेश्वर नगरपालिका–२ निवासी ७६ वर्षीय पुरुषको उपचार क्रममा बुधबार निधन भएको हो ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार क्रममा उनको निधन भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक जेठ १३ गते ब्रेनमा ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज सिनामंगल भर्ना भएका थिए । उनको न्युरो सर्जरी गरिएको थियो ।
कोरोनाको आशंका पनि भएपछि उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । परीक्षणपछि उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
उपचार क्रममा उनलाई सिनामंगल केएमसीबाट त्रिवि शिक्षण अस्पतालमा सारिएको थियो ।
यो मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ९ पुगेको छ ।
नेपालमा आजका दिनसम्म २३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यस अघि एक महिला सहित ८ जनाको मृत्यु भइसकेको छ ।
कोरोना ६४ जिल्लामा संक्रमित भइसकेको छ ।
०००
सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ २१
-
कोरोनाबाट आठौं निधनः मर्ने बाजुराकी २ वर्षीया बालिका दिल्लीबाट आएकी थिइन्
-
कोरोना संक्रमणबाट सातौं निधन !
-
कोरोनाबाट छैठौं मृत्युः घर फर्कदै गर्दा बाटोमै मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि
-
संक्रमितको संख्या पुग्यो २ हजार ९९ः काठमाडौं मेडिकल कलेजका डाक्टर नै संक्रमित
प्रकाशित: २०७७ जेठ २१
June 3rd 2020
प्रतिक्रिया दिनुहोस्