नेपाली समय: ०२:५४:५१ बिहान
वि.सं २०८३ बैशाख ९   बुधवार

बेलायतबाट आएका सनसिटीमा बस्ने एकै परिवारका ३ मा कोरोना आशंकाः पाटन अस्पतालमा भर्ना

निर्माण सञ्चार, १ वैशाख, ०७७, काठमाडौं । काठमाडौं भित्र कोरोना संक्रमितहरु कुन दुलामा लुकेर बसेका छन् भन्ने पेप्सिकोला सनसिटी अपार्टमेन्टले देखाएको छ । 

राजधानी भित्र पनि कोरोना संक्रमणका सम्भावित बिरामीको संख्या बढ्ने आधार सनसिटी अपार्टमेन्ट केस बनेको छ ।

करिब १ महिना अघि बेलायतबाट आएका उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । सो अपार्टमेन्टको ए ब्लकमा बस्दै आएका उनीहरुमा लक्षण देखिएपछि र्‍यापिड टेस्ट गरिएको थियो ।

 र्‍यापिड टेस्ट क्रममा सनसिटी अपार्टमेन्ट बस्ने एकै परिवारका ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

उनीहरु ३ जनै यतिबेला पाटन अस्पताल भर्ना भएका छन् । अस्पतालले दिएको सूचना अनुसार पिसिआर विधिबाट नमुना संकलन क्रममा उनीहरुको थ्रोट स्वाब लिइएको छ ।

पाँचवटा बिल्डिङ रहेको उक्त् सनसिटी अपार्टमेन्टको ए बिल्डिङमा उनीहरु बस्ने गरेका छन् । तर, उनीहरु २८ दिन अघि बेलायतबाट फर्किएको छिमेकीहरुलाई पनि थाह भएको स्थानीय बताउँछन् । 

उनीहरु अस्पताल भर्ना भएपछि यतिबेला प्रहरीले सनसिटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न रोक लगाइएको छ भने शिलबन्दी गरिएको छ ।

यतिबेला अपार्टमेन्ट परिसरमा प्रहरीको बाक्लो उपस्थिति छ ।

 

०००

कैलाली र रौतहटको नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४: विश्वमा कस्तो छ अवस्था ?

कोरोना अपडेटः ‘नेपालमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन’

आयो रिपोर्टः वीर अस्पताल र पाटनमा मृत्यु हुने तिनै जनामा ‘कोरोना संक्रमण नभएको’ पुष्टि

नेपालमा कारोनाः भेटिए छैठौं कोरोना संक्रमित, उनी पनि चैत ४ कै यात्रु

नेपालमा कहाँ कहाँ हुन्छ कोरोनाको उपचार ? हेर्नुहोस् सातै प्रदेशको (सूचि सहित)

कोरोनाको पाँचौं रोगीले जन्माएको आशंकाः विदेशबाट आएका नेपालीको चरम लापरबाही, रोग बोक्दै गुपचुप भाग्ने कि चेकजाँच गराउन थाल्ने ?

 

 



प्रकाशित: २०७७ बैशाख १
April 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार