नेपाली समय: ०८:४७:१५ pm
वि.सं २०८३ बैशाख ८   मंगलवार

उदयपुर र जनकपुरबाट थपिए २ कोरोना संक्रमितः नेपालमा कोरोना संक्रमित पुगे ४७

निर्माण सञ्चार, ११ वैशाख, ०७७, काठमाडौं । नेपालमा थप २ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । उदयपुर र जनकपुरबाट थपिएका २ सहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ४७ पुगेको छ । 

नेपालमा आजसम्म ९ जना कोरोना संक्रमित उपचार पछि घर फर्केको अवस्था छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार थप नयाँ कोरोना संक्रमितहरु मध्ये उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोर रहेका छन् । 

संक्रमित ती महिला पनि उदयपुरकी त्रियुगा नगरपालिका ३ भुल्केकी नै रहेकी छन् । त्रियुगा नगरपालिका कोरोना संक्रमित नगरापलिकाका रुपमा यतिबेला चिनिएको छ । जुन क्षेत्रमा आजसम्म २५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

त्यहाँका सबै संक्रमितहरु यतिबेला विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका छन् । 

यस अघिसम्म ७ जना संक्रमित उपचारपछि घर फर्किएकोमा सनसिटी अपार्टमेन्टका थप २ सहित ९ जना उपचार पछि निको भएर घर फर्कनेमा दरिएका छन्।

नेपालमा कोरोना भाइरस संक्रमण अपडेटबारे स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार भेटघाट लाइभ
 

https://www.facebook.com/mohpnep/videos/571253503596195/?v=571253503596195  

०००

पढौं सम्बन्धित समाचार

सनसिटी कोरोना प्रकरणः दुबैजना संक्रमित दशै दिनमा फर्किए घर

नेपालमा कोरोनाः थपिए ३ संक्रमित, पुगे– ४५ः निको भए ७ जना

उदयपुर सबैभन्दा बढी कोरोना प्रभावित जिल्ला– २२ जना, थप ८ सहित नेपालमा संक्रमित पुगे ४२

कोरोना जित्ने चौथा बने कैलालीका ती युवकः जो भारतबाट संक्रमित भएर आएका थिए

दोस्रो कोरोना संक्रमित युवती कोरोना मुक्तः २७ दिनपछि फर्किइन घर

बागलुङकी ६५ वर्षे वृद्धा पनि कोरोना जितेर घर: कोरोना जित्ने उनी तेस्रो बनिन्

 

 

 



प्रकाशित: २०७७ बैशाख ११
April 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार