नेपाली समय: ११:५८:१८ राती
वि.सं २०८३ बैशाख ८   मंगलवार

नेपालमा कोरोनाः थपिए ३ संक्रमित, पुगे– ४५ः निको भए ७ जना

निर्माण सञ्चार, १० वैशाख, काठमाडौं । नेपालको पछिल्लो कोरोना संक्रमण अपडेट अनुसार बुधबार नयाँ थप ३ संक्रमितसँगै संक्रमितको संख्या ४५ पुगेको छ भने आजसम्म निको भएर घर फर्कनेको संख्या ७ पुगेको छ ।

उदयपुर भुल्केस्थित मस्जिदबाट उपचारका लागि लगिएका व्यक्तिहरुमा नै कोरोना संक्रमण पुष्टि भएको हो ।   उनीहरु पनि त्रियुगा नगरपालिका–३ भुल्केको नुरी मस्जिदमा बसेको जमाती समूहकै सदस्य रहेका छन् । 

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट उनीहरुमा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

उनीहरु क्रमशः २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूष रहेका छन् जसमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यतिबेला तिनै जनालाई भुल्केस्थित उक्त मस्जिदबाट मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको छ । 

सोही समूहका मुसलमान समुदायका यी मानिसहरुमा यसअघि नै १६ मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरु सबैको उपचार भइरहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ । तर, उपचार पछि घर फर्कनेको संख्या भने ७ पुगेको छ । 

 

थप २ जना निको भएर फर्के घरः कस्तो छ बाँकीको अवस्था ?

बुधबार टेकु अस्पतालमा उपचाररत धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचाररत कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएका छन् । 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यी दुवै जनालाई आज डिस्चार्ज गरिएको हो । 

योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि ५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन्।  उनी  चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी ९५३७ विमानमा  नेपाल आएका थिए ।

कोरोना पुष्टि भएपछि उनी चैत १२ गते भर्ना भएका थिए । 

 

कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका ईन्द्रबहादुर बिक भारतबाट आएका हुन् । 

चैत २१ गते उनको थ्रोट स्वावको नमूना परीक्षण गर्दा पोजेटिभ आएपछि  २२ गते उनलाई सुन्दरपुरबाट उपचारका लागि धनगढी ल्याइएको थियो । 

उनीसँगै कैलालीका स्थानीय महिलासहित अन्य २ जनामा पनि कोरोना पुष्टि भएको थियो  । त्यसअघि विदेशबाट आएका एकजनामा संक्रमण भएको थियो ।

संक्रमित मध्ये कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय अमृत शाहीलाई यसअघि नै अस्पतालले डिस्चार्ज गरिसकेको छ।

अब सुदूरपश्चिमका ४ संक्रमित मध्ये १ जना महिलाको मात्रै उपचाररत छिन् ।

अहिलेसम्म देशभर ४० हजार ४ सय ३१ को परीक्षण गरिएको छ जसमा पिसिआर विधिबाट ९ हजार ११, आरडिटी विधिबाट ३१ हजार ४ सय ३० नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको हो । 


०००

पढौं सम्बन्धित समाचार

 

उदयपुर सबैभन्दा बढी कोरोना प्रभावित जिल्ला– २२ जना, थप ८ सहित नेपालमा संक्रमित पुगे ४२

कोरोना जित्ने चौथा बने कैलालीका ती युवकः जो भारतबाट संक्रमित भएर आएका थिए

दोस्रो कोरोना संक्रमित युवती कोरोना मुक्तः २७ दिनपछि फर्किइन घर

बागलुङकी ६५ वर्षे वृद्धा पनि कोरोना जितेर घर: कोरोना जित्ने उनी तेस्रो बनिन्

उदयपुर ‘केस’ले नेपालको पूर्वी क्षेत्र ‘हाइ अलर्ट’, १२ संक्रमित कोरोना विशेष अस्पतालमा, भुल्के बस्तीमा र्‍यापिड टेस्ट हुँदै

सनसिटी अपडेटः आरडिटी पोजेटिभ देखिएकी बुहारीको पिसिआर रिपोर्ट आयोः ‘नेगेटिभ’, कामदारहरुको पनि पिसिआर गर्ने तयारी

सनसिटी अपडेटः र्‍यापिड टेस्टमा ‘ब्लक ए’ मा बस्ने सबैको रिपोर्ट ‘नेगेटिभ’, पिसिआर टेस्टमा कस्तो होला रिपोर्ट ?

सनसिटीमा बस्दै आएका २ मा कोरोना संक्रमण पुष्टिः पाटन अस्पताल भन्छ, ‘एक जनाको रिपोर्ट आउँदै छ’

विश्वका आधा बढी मानिस घरभित्रै थुन्ने कोरोनाः स्वाइनफ्लुभन्दा १० गुणा बढी खतरनाक, खोपबिना रोक्न सकिदैनः डब्लुएचओ

चीनले तयार पार्यो कोरोनाको भ्याक्सिनः दुई खोप मानिसमाथि परीक्षण गर्न अनुमति

OOO

कोरोना महामारीबाट बच्न स्वास्थ्यमन्त्रीका ‘६–टी’ कार्यक्रमः के के हुन्, सम्बोधन सहित जस्ताको तस्तै

कैलाली र रौतहटको नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४: विश्वमा कस्तो छ अवस्था ?

कोरोना अपडेटः ‘नेपालमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन’

आयो रिपोर्टः वीर अस्पताल र पाटनमा मृत्यु हुने तिनै जनामा ‘कोरोना संक्रमण नभएको’ पुष्टि

नेपालमा कारोनाः भेटिए छैठौं कोरोना संक्रमित, उनी पनि चैत ४ कै यात्रु

नेपालमा कहाँ कहाँ हुन्छ कोरोनाको उपचार ? हेर्नुहोस् सातै प्रदेशको (सूचि सहित)

कोरोनाको पाँचौं रोगीले जन्माएको आशंकाः विदेशबाट आएका नेपालीको चरम लापरबाही, रोग बोक्दै गुपचुप भाग्ने कि चेकजाँच गराउन थाल्ने ?

 



प्रकाशित: २०७७ बैशाख १०
April 22nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार