नेपाली समय: १०:०९:१७ राती
वि.सं २०८३ बैशाख ८   मंगलवार

सनसिटी कोरोना प्रकरणः दुबैजना संक्रमित दश दिनमै फर्किए घर

निर्माण सञ्चार, ११ वैशाख ०७७, काठमाडौं

काठमाडौंलाई नै सनसनी बनाएको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोनाभाइरस संक्रमणबाट मुक्त भएको छन् । उपचार सफल भएपछि उनीहरुको डिस्चार्ज भएको छ ।

नियमित सञ्चार साक्षात्कारमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबार दिउँसो उनीहरू आजै डिस्चार्ज गरिएको जानकारी दिए।

उनीहरूलाई वैशाख १ गते  र्‍यापिड टेस्ट क्रममा सो अपार्टमेन्टमा बस्ने एकै परिवारका ३ जनामै कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएको थियो। तर पाटन अस्पताल उपचार क्रममा बुहारीलाई भने कोरोना नरहेको पुष्टि भएको थियो । 
तिनै जना चैत पहिलो साता बेलायतबाट फर्किएका थिए । 

कोरोनाभाइरसको संक्रमण पुष्टि भएका आमा र छोरा बिहीबार उपचार पछि घर फर्केका हुन् ।

अस्पताल भर्ना भएको १० दिनपछि उनीहरू डिस्चार्ज भएका छन्। 

कोरोना संक्रमणपश्चात सबैभन्दा छिटो निको भएर घर फर्कनेमा यी आमा छोरा रहेका छन् । 

यस अघिसम्म ७ जना संक्रमित उपचारपछि घर फर्किएकोमा सनसिटी अपार्टमेन्टका थप २ सहित ९ जना उपचार पछि निको भएर घर फर्कनेमा दरिएका छन्। 

नेपालमा अहिलेसम्म ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसको उपचार भइरहेको छ । 

 

०००

पढौं सम्बन्धित समाचार

सनसिटीमा बस्दै आएका २ मा कोरोना संक्रमण पुष्टिः पाटन अस्पताल भन्छ, ‘एक जनाको रिपोर्ट आउँदै छ’

उदयपुर र जनकपुरबाट थपिए २ कोरोना संक्रमितः नेपालमा कोरोना संक्रमित पुगे ४७

नेपालमा कोरोनाः थपिए ३ संक्रमित, पुगे– ४५ः निको भए ७ जना

उदयपुर सबैभन्दा बढी कोरोना प्रभावित जिल्ला– २२ जना, थप ८ सहित नेपालमा संक्रमित पुगे ४२

कोरोना जित्ने चौथा बने कैलालीका ती युवकः जो भारतबाट संक्रमित भएर आएका थिए

दोस्रो कोरोना संक्रमित युवती कोरोना मुक्तः २७ दिनपछि फर्किइन घर

बागलुङकी ६५ वर्षे वृद्धा पनि कोरोना जितेर घर: कोरोना जित्ने उनी तेस्रो बनिन्

 



प्रकाशित: २०७७ बैशाख ११
April 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार