नेपाली समय: १०:२६:२८ राती
वि.सं २०८३ बैशाख ८   मंगलवार

थपिए ९ कोरोना संक्रमितः पुगे २ सय ५८

निर्माण सञ्चार, २ जेठ, काठमाडौं । पछिल्लो अपडेट अनुसार नेपालमा कोरोना संक्रमितहरुको संख्या २ सय ५८ पुगेको छ । 

शुक्रबार बिहान मकवानपुर र बाँकेमा गरी थप ९ नयाँ कोरोना संक्रमित भेटिएपछि उक्त संख्या पुगेको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणबाट मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो ।

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर– १, ३ र ५ मा यी संक्रमित भेटिएका हुन् । उनीहरु क्रमशः १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्ष उमेरका पुरुषहरु रहेका छन् । 

प्रदेश नम्बर–५ सरकारले बाँकेमा नयाँ देखिएका कोरोना संक्रमितहरु दक्षिण भारतबाट आएका र हाल क्वारेन्टाइनमा रहेको बताएको छ ।

त्यस्तै, मकवानपुरका ३७ वर्षका पुरुषको परीक्षण पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको थियो । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ । सरकारले पछिल्ला दिनमा परीक्षणको दायरा बढाएपछि संक्रमितको संख्या चाँडोचाँडो अपडेट हुन पुगेका देखिन्छ ।

 

०००

पढौं सम्बन्धित समाचार

कोरोना अपडेटः धनुषा, धादिङ र काठमाडौंबाट थपिए ३ जना संक्रमित, संख्या पुग्यो २४९

सर्लाही, धनुषा र महोत्तरीमा थपिए कोरोनाका ५ संक्रमितः पुग्यो २४६ !

काठमाडौंमा चन्द्रागिरि कोरोना केन्द्र ! नयाँ २ भेटिएसँगै कोरोना संक्रमितको संख्या पुग्यो २४५

डब्ल्युएचओको चेतावनीः ‘कोरोना भाइरसको अन्त्य नहनु पनि सक्छ, खोप पत्ता लागउनै समय लाग्न सक्छ !’

राजधानीका प्रसूति, वीरजस्ता अस्पताल सिल गरौंः अस्पतालमा पनि छिर्‍यो कोरोनाः टिचिङमा ६ वर्षे बालिका संक्रमित !

शिक्षण अस्पतालको न्युरो वार्ड सिल गरियोः स्वास्थ्यकर्मी सहितको कोरोना परीक्षण, ३८ जना क्वारेन्टाइनमा

 



प्रकाशित: २०७७ जेठ २
May 15th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार