आमा गुमाएका १२ दिने शिशु आइसोलेसनमाः कोरोना परीक्षण हुँदै !
निर्माण सञ्चार, ४ जेठ, काठमाडौं । कोरोनाभाइरसका कारण नेपालमै पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको १२ दिने शिशुलाई आइसोलेसनमा राखिएको छ ।
शिशुको कोरोना परीक्षणका लागि स्वाब निकालिएको छ भने परिवारका अन्य ४ जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।
मृतक महिलाको १२ दिने शिशु सहित उनको श्रीमान, आमा र बहिनी रहेका छन्। उनीहरू सबैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको अस्पतालका प्रवक्ता सुमनराज ताम्राकारले सार्वजनिक गरेका हुन् ।
मृतक महिलाको उपचारका लागि गत बिहीबार राति धुलिखेल अस्पताल पुगेका उनीहरु आजसम्म नै सोही अस्पतालमा छन् ।
उनीहरुको नतिजा भोलिसम्ममा आउने अस्पताल स्रोतको दाबी छ ।
मृतक महिला सिन्धुपाल्चोकको बाह्रविसे—९, राम्चेकी सुत्केरी थिइन् । उनको उपचारका लािग ल्याउँदै गर्दा बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको घोषणा गरिएको थियो।
कारोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मृत्युपछि उनको पिसिआर परीक्षण गरिएको थियो । जसबाट उनी कोरोना भाइरस संक्रमित रहेको पुष्टि भएको थियो ।
सुत्केरी केशमा महिलाले वैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन्।
ती महिलाको मृत्यु भएपछि टिचिङ अस्पतालको प्रसूति वार्ड पनि सिल गरिएको छ भने उपचारमा संलग्न लगायत ३८ जना चिकित्सक तथा कर्मचारीहरु आइसोलेसनमा छन् । सबैको स्वाब परीक्षण क्रममा छ ।
आफन्तहरु बच्चा हुर्काउनेबारे चिन्तित देखिन्छन् ।
(पुनश्चः आफन्तसँग गरिएको कुराकानीमा बच्चा हुर्काउनेबारेको चिन्तालाई अन्यथा भएकोमा सच्याइएको छ, धन्यवाद) ... फाइल तस्वीर ००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ ४
(पुनश्चः आफन्तसँग गरिएको कुराकानीमा बच्चा हुर्काउनेबारेको चिन्तालाई अन्यथा भएकोमा सच्याइएको छ, धन्यवाद) ... फाइल तस्वीर ००० पढौं सम्बन्धित समाचार
तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमण संख्या पुग्यो २९१ः रौतहटमा थपिए १० जना
क्वारेन्टाइनमै मृत्यु भयो बाँकेमा एक युवकको ! उपचार नपाएको भन्दै स्थानीयद्वारा विरोध
कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ! १० दिनकी सुत्केरी महिलामा कहाँबाट भयो संक्रमण खोजी गर !
मृतक चालिसेको घर र माइती गाउँ सिल
शिक्षण अस्पतालमा सुत्केरी भएकी बाह्रबिसेकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु, कारण आउँदै
धनुषामा नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित पुगे २ सय ८१
प्रकाशित: २०७७ जेठ ४
May 17th 2020
प्रतिक्रिया दिनुहोस्