भारतबाट आएका थिए कपिलवस्तु मायादेवीका ४ संक्रमितः पुग्यो ३ सय ७९
नर्मिाण सञ्चार, ६ जेठ, काठमाडौं । पछिल्लो अपडेट अनुसार नेपालमा मंगलबार बिहान १०ः३० बजेसम्म ३ सय ७९ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
कपिलवस्तुमा नयाँ थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
संक्रमित मध्ये कपिलवस्तु मायादेवी गाउँपालिका– ४ का ३ जना (४०, ४२ र ४५ वर्ष उमेरका) र वडा नम्बर– ३ (२० वर्ष उमेरको) का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि गरिएको हो । चारै जना पुरुष नै रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए अनुसार ती संक्रमित केही दिन अघि भारतबाट नेपाल आएका थिए ।
भारतबाट आएपछि स्थानीयहरुबाट जानकारी आएलगत्तै उनीहरूलाई गाउँपलिकाको छत्रपाली क्वारेन्टिनमा राखिएको थियो।
जानकारी अनुसार ती संक्रमितहरु १४ दिनअघि भारतको मुम्बईबाट आएका थिए ।
क्वारेन्टाइनमा उनीहरुको आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा पनि कोरोना संक्रमण नै पुष्टि भएको थियो ।
सो क्वारेन्टाइनमा रहेका १६ जनामध्ये ४ जनामा पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमै बसेकाहरुमा कोरोना संक्रमण नहोस् भन्नका लागि सुरक्षा उपाय अपनाइने जिल्ला अधिकारीहरुको दाबी छ ।
पछिल्ला दिनमा क्वारेन्टाइनमै बसेकाहरुमध्ये पनि कोरोना संक्रमित नभएका संक्रमितबाट संक्रमित बनेको फेला परेको छ । त्यसतर्फ स्थानीय तहका क्वारेन्टाइन व्यवस्थापकहरुको ध्यान कमै गएको देखिन्छ ।
००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ ६
००० पढौं सम्बन्धित समाचार
कर्णाली पस्यो कोरोनाः आजसम्मकै धेरै एकैदिन ८० जना भेटिए संक्रमितः पुगे ३७५
बाँकेमा थपिए एकै पटक ४७ जना कोरोना संक्रमितः पुगे ३५७
कोरोनाबाट मृत्यु भएकी पहिलो महिलाको १४ दिने ‘सिन्धुपुत्र’मा देखिएन कोरोना संक्रमण !
जेठ २० गतेसम्म लम्बियो लकडाउनः कोरोना संक्रमित पुगे २९५
क्वारेन्टाइनमै मृत्यु भएका बाँकेका युवकमा कोरोना संक्रमण पुष्टि ! मृत्यु हुनेमा थपियो अर्काे अंक !
कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ! १० दिनकी सुत्केरी महिलामा कहाँबाट भयो संक्रमण खोजी गर !
प्रकाशित: २०७७ जेठ ६
May 19th 2020
प्रतिक्रिया दिनुहोस्