नेपाली समय: ०४:३६:४६ अपरान्ह
वि.सं २०८२ बैशाख १४   आइतबार

कोरोना संक्रमित संख्या ३ हजार नजिकः आरडिटी परीक्षणले झुक्याएपछि एघारौं व्यक्तिको मृत्यु !

निर्माण सञ्चार, २३ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या २९९२ पुगेको छ । यिनमध्ये ३३३ जना निको भई घर फर्किसकेका छन् भने आजसम्म गरी ११ जनाको मृत्यु भएको छ।

वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको नियमित जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ७८ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । 

शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना,  प्रदेश १ मा ३९ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।

 

आरडिटीले दिएको ‘धोखा’, नेगेटिभ देखिएर घर फर्केका युवकको एघारौं मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मर्नेको संख्या ११ पुगेको छ । एघारौं व्यक्तिका रुपमा सुर्खेतका २० वर्षे युवा रहेका छन् । 

सुर्खेतमा उनी क्वारेन्टीनमा बसेका थिए । आरडिटी परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि बुधबार उनी घर फर्किएका थिए । 

तर बिहीबार बिहान २ बजेतिर अचानक उनको मृत्यु भएको थियो । यस पछि उनमा फेरि कोरोना भाइरस संक्रमणको पिसिआर परीक्षण गरिएको थियो ।

पञ्चपुरी नगरपालिका– १ हाँसे गाउँका यी युवा जेठ ७ गते भारतबाट फर्किएका थिए । त्यसलगत्तै जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । 

मृत्यु भएपछि उनको स्वाव परीक्षण गर्न वीरेन्द्रनगर ल्याइएको थियो । पिसिआर परीक्षणबाट उनमा कोरोना पोजेटिभ आएको प्रदेश सरकारले पुष्टि गरेको हो ।

 

०००

सम्बन्धित समाचार 

 

 

 



प्रकाशित: २०७७ जेठ २३
June 5th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार