नेपाली समय: ०८:५२:२३ pm
वि.सं २०८३ बैशाख ८   मंगलवार

प्रदेश नं–१ मा कोरोना जोखिम बढ्दैः भोजपुरमा थप अर्काे संक्रमित, पुग्यो ‘४८’

निर्माण सञ्चार, ११ वैशाख, काठमाडौं

पछिल्ला दिनमा प्रदेश नम्बर–१ कोरोना भाइरस संक्रमणका हिसाबले चुनौतीपूर्ण क्षेत्र बनेको छ । बुधबार साँझपख भोजपुरमा अर्काे नयाँ कोराना भाइरस (भिड–१९) का एक संक्रमित भेटिएपछि यहाँको सरकार झनै चिन्तित बनेको हो ।

भोजपुरको हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले जानकारी दिएको हो ।

उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको स्थानीयको भनाइ छ ।

यो पछिल्लो संक्रमित भेटिएससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । 

यस अघिसम्म १० जना भने सफल उपचारपछि घर फर्किसकेका छन् ।

बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उदयपुरमा ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा थप संक्रमण पुष्टि भएको थियो ।

०००

पढौं सम्बन्धित समाचार

उदयपुर र जनकपुरबाट थपिए २ कोरोना संक्रमितः नेपालमा कोरोना संक्रमित पुगे ४७

सनसिटी कोरोना प्रकरणः दुबैजना संक्रमित दशै दिनमा फर्किए घर

नेपालमा कोरोनाः थपिए ३ संक्रमित, पुगे– ४५ः निको भए ७ जना

उदयपुर सबैभन्दा बढी कोरोना प्रभावित जिल्ला– २२ जना, थप ८ सहित नेपालमा संक्रमित पुगे ४२

कोरोना जित्ने चौथा बने कैलालीका ती युवकः जो भारतबाट संक्रमित भएर आएका थिए

दोस्रो कोरोना संक्रमित युवती कोरोना मुक्तः २७ दिनपछि फर्किइन घर

बागलुङकी ६५ वर्षे वृद्धा पनि कोरोना जितेर घर: कोरोना जित्ने उनी तेस्रो बनिन्

 

 



प्रकाशित: २०७७ बैशाख ११
April 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार